गगन थापाले गरे गुट परिवर्तन, अब ज्वाइँ ससुरा एउटै कित्तामा !

काठमाडौं । आसन्न १४औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका नेपाली कांग्रेसका युवा नेता गगन थापा रामचन्द्र पौडेल समूहमा खुलेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पौडेल समूहले आयोजना गरेको पत्रकार सम्मेलनमा थापा मञ्चमा देखिएका हुन् ।

१३औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका नेता थापा सो समूह छाडेर पौडेल समूहमा प्रवेश गरेका हुन् ।

गत महाधिवेशनमा उनी डा.शशांक कोइराला र अर्जुननरसिंह केसीसँगै महामन्त्रीमा उठेका थिए । केसी शेरबहादुर देउवा पक्षबाट महामन्त्रीमा उठेका थिए ।

केसी पनि अहिले पौडेल समूहमै रहेका छन् । आफूलाई महामन्त्रीमा उम्मेदवार बनाए पनि देउवाले कोइरालासँग साँठगाँठ गरेर आफूलाई महामन्त्रीमा हराएको भन्दै केसीले देउवाको साथ छाडेका हुन् ।

अब पौडेल समूहमा केसी, थापा र कोइराला सँगै भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *