आइतबार ७ हजार ३६८ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

गत २४ घण्टामा थप ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार पीसीआर विधिबाट ७ हजार ३१६ जना र एन्टिजेनबाट ५२ जना गरी थप ७ हजार ३६८ जनालाई संक्रमण देखिएको हो ।

यससँगै कुल संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोनामुक्त भएका छन् । योसहित निको हुनेको संख्या ३ लाख ३३ हजार १०८ जना पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या १ लाख ९ हजार ७४० जना रहेको छ ।

२४ घण्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ४ हजार ८५६ जना पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.