विवाह भएको २३ दिनमै नव दुलहीको मृत्यु

सुनिल कार्की
पाल्पा । पाल्पामा एक नव बिवाहित दुलहीको विवाह भएको २३ दिनमै मृत्यु भएको छ । उनले झुण्डिएर देहत्याग गरेकी हुन् । नव विवाहित दुलहीको तानसेन नगरपालिका वडा नं १२ अवलमा घरमै भुण्डीएको अवस्थामा शव फेला परेको हो ।

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा नं ३ आमबोटकी वर्ष २२ कि रुपा पराजुलीको यही वैशाख ११ गते पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं १२ अवलका वर्ष २६ का सुन्दर घिमिरेसँग बिवाह भएको थियो । आइतबारको दिनसम्म आइपुग्दा रुपाको विवाह भएको २३ दिन मात्रै पुगेको छ ।

आइतबार विहानै प्रहरीलाई खबर हुन साथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोली घटना स्थलमा पुगेको थियो । घटनाबारे प्रहरी निरिक्षक पचभैयाको कमाण्डमा खटिएको प्रहरी टोलीले अनुशन्धान कार्य जारी राखेको छ ।

घटनामा मृतकको एक थान मोबाइल, गिलास लगायतको सामाग्री फेला परेको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टमको लागि चितवन फरेन्सिक ल्याब पठाईएको छ । मृतकका दाइ हेमन्त पराजुलीले घटनाको सत्यतथ्य छानविन हुनुपर्ने माग राख्नु भएको । घटना शंकास्पद रहेको आफ्न्तले गुनासो गरेका छन् ।

Leave a Reply

Your email address will not be published.