दशैंमा बाइक/स्कुटर खरिदमा लाेभ्याउने छुट र स्किम, कुनमा के अफर ?

काठमाडाैं । कोरोना भाइरसले शिथिल पारेको नेपाली अटो बजारलाई उकास्न सवारी विक्रेता कम्पनीहरुले चाडपर्व लक्षित दशैं तथा तिहार अफर सार्वजनिक गरेका छन ।

विशेषगरी दुई पाग्रे सवारीसाधन वितरक कम्पनीले चाडपर्वलाई लक्षित गरी ग्राहक लोभ्याउने विभिन्न योजना अघि सारेका हुन ।

यस अघि दशैं तिहारको एक महिना अघि नाडा अटो सो हुने गरेको थियो । तर, कोरोना भाइरस महामारीका कारण विगत दुई बर्षदेखि अटो सो हुन सकेको छैन ।

नयाँ बर्षमा चलाएमान नभएको अटो बजारलाई उकास्न र सवारी वितरणलाई कोभिड पहिलाकै अवस्थामा ल्याउन दुई पाँग्रे कम्पनी बीच चर्को प्रतिस्पर्धा चलिरहेको छ ।

अहिले अघिकांश दुई पाग्रे सवारी विक्रेता कम्पनीले दशैं तिहार लाग्नु भन्दा डेढ महिना अघि बाइक तथा स्कुटर खरिदमा नगद छुट, स्क्रयाच कार्ड, डाउन पेमेन्ट तथा विभिन्न बम्पर उपाहार योजना ल्याएका छन ।

हाल बजाज, यामाहा, टिभिएस, मोटरहेड, हिरो, बेनेली, होन्डा , सुजुकी लगाएतका ब्रान्डले अफर सार्वजनिक गरिसकेका छन ।

बजाज

दशैं तथा तिहारलाई लक्षित गर्दै गोल्छा ग्रुप अन्तर्गतको बजाजले आकर्षक स्किम ल्याएको छ । जसमा दशैं तथा तिहारको लागि थ्री डोज स्किम सार्वजनिक गरेको छ ।

थ्री डोज योजनामा किन्नु अघि १० हजार छुट, किन्दा एकलाखसम्म छुट र किनेपछि १० लाख बम्पर अफर ल्याएको छ ।
त्यस्तै २०, ३० र ५० प्रतिशत डाउनपेमेन्टमा मोटरसाइकल खरिद समेत गर्न सकिने जनाइएको छ ।

Bajaj Dashain Offer 2078 Bajaj 3 Dose

टिभिएस

त्यसैगरी जगदम्बा मोटर्स अन्तर्गतको टिभिएस नेपाललेपनी चाडपर्व लक्षित नयाँ नयाँ अफर ल्याएको छ । टिभिएसले गत केही हप्ता अघि मात्रै टिभिएस अपाचे फोर भि मोटरसाइकल बिएस भर्जन नेपाली बजारमा उतारेको थियो ।

टिभिएसले ६ प्राइजको सरप्राइज नामक अफर दिएको छ । ६ पटक सम्म उपहार तथा छुट पाउने अवसर भन्दे कम्पनीले नकिन्दै लक्की ड्र मार्फत १ लाखसम्म, किन्दा १० लाखसम्म, दैनिक रियलमी मोबाइल, क्यासब्याक, अपाचे आर आर ३१० जित्ने अवसर र बम्पनरमा प्रोटोन सागा गाडी जित्ने अवसर दिएको छ ।

साथै शुन्य प्रतिशत व्याजमा बाइक तथा स्कुटर समेत किन्न सकिने कम्पनीले जनाएको छ ।

यामाहा
त्यस्तै एमएडब्ल्यु नेपालले यामाहा मोटरसाइकल खरिदमा लक्की ड्र देखि सुन जित्नसक्ने अवसरसम्मका अफर ल्याएको छ । जसमा ८ हजारदेखि १ लाखसम्म इन्स्ट्यान्ट क्यास डिस्काउन्ट, लक्कि ड्र मार्फत हरेक हप्ता ४ जनालाई चार तोला सुन जित्ने अबसर छ ।

हिरो

हिरोले पनि दशैं तिहार लक्षित विभिन्न अफर ल्याएको छ । शुन्य प्रतिशत व्याजमा ५० प्रतिशत डाउन पेमेन्ट गरेर हिरोका बाइक तथा स्कुटर खरिद गर्न सक्ने आकर्षक अफर सार्वजनिक गरेको छ । यस अन्तर्गत बम्परमा १ लाख, ६ हजार फिक्सड् डिस्काउन्ट, स्क्रयाच कार्डमार्फत १ लाखसम्म क्यास उपहार अफर दिएको छ ।

बेनेली
बेनेली नेपालले भने थ्री एक्स अफर ल्याएको छ । त्यसमा एक लाखसम्म इ–डिस्काउन्ट र वाल्क इन डिस्काउन्ट साथै ५ हजार बराबरको गिप्ट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

सुजुकी

भिजी सुजुकीलेपनि दशैं तथा तिहारलाई लक्षित गर्दै सुजुकीका बाइक तथा स्कुटरको खरिदमा १० हजार छुट दिने भएको छ भने एक बर्षको रोडट्याक्समा छुट र एक्सचेन्ज अफर पनि ल्याएको छ ।

अन्य चार पाँग्रे सवारी साधन विक्रेता कम्पनीले भने हालै चाडपर्व लक्षित योजना सार्वजनिक गर्ने क्रममा छन ।

Leave a Reply

Your email address will not be published.