जसपाबाट को को बन्दैछन् मन्त्री ?

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट मन्त्री बन्नेको नेताहरुको सूची तयार भएको छ ।

अध्यक्ष उपेन्द्र यादवले सरकारमा प्रतिनिधित्व गर्ने पार्टीका नेताहरुको सूची तयार गरेका उनी निकट स्रोतले जनाएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा मन्त्रिपरिषद विस्तार गरे पहिलो चरणमा दुई जना र दोस्रो चरणमा चार जनाको नाम दिने तयारीमा यादव पुगेका छन् ।

यादवले पहिलो चरणमा पहिलो चरणमा महेन्द्र यादव र राजेन्द्र श्रेष्ठको नाम सिफारिस गर्ने बुझिएको छ ।

याे पनि समाचार, सभापतिको दौडबाट पछि हट्दिनः शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन् ।

आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले पार्टीको १४ औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।

उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दैछु ।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापन इतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरुमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको

र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए । क्रियाशीलको अन्तिम टुङ्गो छिट्टै लाग्ने उनले जानकारी दिए ।

एक फरक प्रसङ्गमा महामन्त्री कोइरालाले कम्युनिष्ट उच्छृङ्खल चरित्रका हुन्छन् भन्ने उदाहारण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको बताए ।

विपक्षीको धर्म विरोध गर्ने भए पनि हिजोको घटनाले संसद्को गरिमामाथि आँच आउने काम भएको बताउँदै उनले भने, “उच्छृङ्खल चरित्रले कम्युनिष्ट पार्टीहरू चलिरहेका छन् ।” –रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *