कोरोना संक्रमणका कारण थप एक जना पत्रकारको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण नेपाल पत्रकार महासंघ दाङ शाखाका सदस्य लक्ष्मण बस्नेतको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि तीन हप्तादेखि रुपन्देहीको भैरहवास्थित युनिभर्सल मेडिकल कलेलमा उपचाररत ३२ वर्षीय बस्नेतको आज सोमबार दिउँसो उपचारकै क्रममा निधन भएको हो ।

स्वर्गीय बस्नेतका श्रीमती, एक छोरा र एक छोरी छन् ।दाङको बबई गाउँपालिका–४ निवासी पत्रकार बस्नेत एक दशकदेखि दाङमा रही पत्रकारितामा सक्रिय थिए ।

दाङको रेडियो हापुरेमा स्टेशन म्यानेजरका रुपमा काम गरेका बस्नेत पछिल्लो समय सोही रेडियोको सञ्चालक समिति सदस्य समेत चयन भएका थिए ।

नेपाल पत्रकार महासंघका अनुसार हालसम्म कोरोना संक्रमणका कारण १४ जना पत्रकारको निधन भएको छ भने ८०० जना भन्दा बढी पत्रकार संक्रमित छन् ।

Leave a Reply

Your email address will not be published.