तानसेन नगरपालिकाको आइशोलेशनमा बिरामी बस्न थाले

सुनिल कार्की
पाल्पा । तानसेन नगरपालिकाले स्थापना गरेको आइशोलेशनमा कोरोना संक्रमित बस्न थालेका छन् । जिल्लाको त्रिभुवन बहुमुखी क्याम्पसमा स्थापना गरिएको आइशोलेशनमा संक्रमित बस्ने थालेको नगरप्रमुख अशोक कुमार शाहीले बताउनुभयो ।

आइशोलेशनमा पर्याप्त अक्सिजन, डाक्टरसहितको स्वास्थ्यकर्मीे, औषधी लगायतको राम्रो ब्यवस्थापन गरेपछि संक्रमित विरामी राख्न थालिएको मेयर शाहीले बताउनुभयो ।

सामाजिक सञ्जालमा जथाभवी लेख्न सजिलो भए जस्तो सुविधा सम्पन्न आइशोलेशन सञ्चालनको लागि पर्याप्त तयारी चाहिने भएकोले आइशोलेशन सञ्चालन गर्न ढिला भएको उहाँको भनाीई छ ।

डा झपेन्द्र ढकालको निगरानीमा रहेको आइशोलेशनमा तानसेन नगरपालिकाका स्वास्थ्यकर्मी, नेपाली सेना गोरखदल गणका प्यारामेडिक्स लगायतले सेवा दिने तानसेन नगरपालिकाका मेयर शाहीले बताउनुभयो ।

अक्सिजनको अभाव हुन नदिन तानसेन नगरपालिकाले जिल्लाका सांसद, प्रमुख जिल्ला अधिकारी, अस्पताल लगायतका अन्य सरोकारवालासँग थप छलफलमा निरन्तर रहेको मेयर शाहीले बताउनुभयो । नगरबासीको सुरक्षाको लागि नगरपालिका संवेदशील रहेको भन्दै  नआत्तिन आग्रह गर्नुभयो ।

तानसेन नगरपालिकाले त्रिभुवन बहुमुखि क्यामपसमा १० बेडको अक्सिजन सहितको आइशोलेशन सञ्चालनमा ल्याएको छ ।

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *