रेडियो पुष्पाञ्जलीको कोरोना विपद् व्यवस्थापन अभियानमा समाजसेवी शर्माको सहयोग

काैरव खत्री
गुल्मी । गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको कोरोना विपद् व्यवस्थापन तथा सहयोग सकंलन अभियानमा समाजसेवी घनश्याम शर्माले आर्थिक सहयोग गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं ६ कुर्घा स्थायी घर भई हाल चितवनमा बसोबास गर्दै आउनुभएका र रोजगारीको शिलशिलामा बेल्जियममा रहनुभएका शर्माले रेडियोले कोरोना महामारीको अवस्थामा सुरु गरेको अभियानको प्रशसां गर्दै नगद रु १५,००० रुपैयाँ सहयोग गर्ने बताउनुभएको हो । गाउँमा हुने विभिन्न विपद र भैपरीमा सहयोग गर्दै आफ्नो जन्मभूमी र जन्ममाटोमा सामाजिका कार्यमा सक्रिय शर्माले सहयोग गरेको भन्दै रेडियोले धन्यवाद व्यक्त गरेको छ ।

अन्य बेलामा पनि सामाजिक काममा निकै सक्रिय रहनुभएका शर्माले रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको यो अभियानमा सहभागी भएकोमा रेडियोका अध्यक्ष दिनेश खातिले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

बैशाख ३० गतेदेखि सुरु भएको अभियानमा अहिलेसम्म झण्डै २ लाख ५० हजार रुपैयाँ आर्थिक सकंलन भएको छ । पहिलो चरणमा रेडियोले ५ वटा अक्सिजन सिलिण्डर खरिद गरि मुसिकोट नगरपालिकालाई हस्तान्तरण गर्ने तैयारी स्वरुप कामहरु अगाडी बढाएको रेडियोका अध्यक्ष खातीले जानकारी दिनुभयो । अहिले अक्सिजन सिलिण्डर खरिद पक्रिया अगाडी बढेको र अब १र२ दिनमै नगरपालिकालाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published.