एकीकृत समाजवादीले बेदुरामलाई बनाउने भयाे महासचिव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले बेदुराम भुसाललाई महासचिव बनाउने भएको छ ।

एकीकृत समाजवादीको बिहीबार बसेको स्थायी कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्यासहित नेताहरूको नाममा समझदारी बनाएको हो ।

रामकुमारी झाँक्रीलाई सचिवसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने सहमति भएको प्रचार विभाग प्रमुख जगन्नानाथ खतिवडाले जानकारी दिए ।

उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथप्रसाद साह, प्रमेश हमाल र जयन्ती राईमा सहमति जुटेको छ ।

यस्तै उपमहासचिवमा डा. गंगालाल तुलाधर, डा. विजय पौडेल र प्रकाश ज्वाला चयन भएका छन् । पदाधिकारीमा अध्यक्ष, वरिष्ठ नेतासहित उपाध्यक्ष र सचिव ७÷७ जना हुनेछन् ।

त्यस्तै उपमहासचिव ३ जना रहने समझदारी भएको बताइएको छ ।

याे पनि समाचार,

प्रतिनिधिसभा बैठकको आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।

आर्थिक विधेयक २०५८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

यी दुई विधेयक पारित गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेश गर्नेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले लगातार अवरोध गरे पनि सभामुख अग्नि सापकोटाले संसदलाई अगाडि बढाइरहेका छन् । एमालेले आज पनि संसद अवरोध जारी राख्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *