रेडियो पुष्पाञ्जलीको अभियानमा केसीको ५० हजार सहयोग

काैरव खत्री
गुल्मी । गुल्मीको सामुदायिक रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको कोरोना विपद व्यवस्थापन तथा सहयोग सकंलन अभियानमा अहिलेसम्मकै सर्वाधिक ठूलो सहयोग आएको छ । एक समाजसेवी युवाले रेडियोको अभियानमा नगद ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं ७ वामी स्थायी घर भई हाल जापानमा व्यवसाय गर्दै आउनुभएका जितेन्द्र केसी र उहाँको परिवारले नगद रु ५० हजार सहयोग पठाउनुभएको हो । रेडियोले कोरोना महामारीको अवस्था र अक्सिजनकै अभावमा ज्यान गुमाउन पर्ने अवस्थालाई मुसिकोट नगरपालिकामा केही हदसम्म कम गर्ने प्रयास स्वरुप सुरु गरेको अभियानको प्रशसां गर्दै नगद ५० हजार आर्थिक सहयोग गर्नुभएको हो । आफ्नो जन्मथलो र गाउँमा हुने विभिन्न विपद र भैपरीमा सहयोग गर्दै आफ्नो जन्मभूमी र जन्ममाटोमा सामाजिका कार्यमा सक्रिय केसीले देखाउनुभएको समाजसेवाको भावनालाई रेडियोले प्रशसां गरेको छ ।

अन्य बेलामा पनि सामाजिक काममा निकै सक्रिय रहनुभएका केसीले रेडियो पुष्पाञ्जलीले सञ्चालन गरेको यो अभियानमा सहभागी भएकोमा रेडियोका अध्यक्ष दिनेश खातीले धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता अभियानमा निरन्तर सहयोग रहने अपेक्षा व्यक्त गर्नुभएको थियो ।

वामीटक्सार स्थायी घर भई हाल सपरिवार सहित जापानमा बस्दै आउनुभएका केसी नेपाली जनसम्पर्क समिति जापानका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । वामीमै जन्मेर औपचारिक शिक्षा प्रारम्भ गर्नुभएका उहाँ सन् २००६ देखि जापानमा व्यवसाय सञ्चालन गर्दै आउनुभएको छ ।

अहिले जीवन रक्षा नै प्रमुख दायित्व सम्झेर रेडियोले सञ्चालन गरेको अभियानमा थोरै भएपनि सहयोग गरौँ भन्ने लाग्यो,यो विपदको समयमा हामी सबै एकजुट हुनुपर्छ केसीले भन्नुभयो । यस अगाडी पनि वामीमा विभिन्न सामाजिक काममा सहयोग गर्दै आउनुभएका उहाँको सहयोग रेडियोले स्मरण गरिरहने रेडियोका सहसचिव कौरव खत्रीले बताउनुभयो ।

उहाँलाई मैले बाल्यकालदेखि नै चिन्छु, केसी कर्मभूमि जापानलाई बनाएर दु:ख र पिडामा परेका नेपालीहरुको सारथी बनेर उद्धार र सहयोगका लागि आफ्नो मातृभुमीमा गर्दै आउनुभएको सहयोग साँच्चिकै प्रशंसनीय छ,खत्रीले भन्नुभयो ।

बैशाख ३० गतेदेखि सुरु भएको अभियानमा अहिलेसम्म झण्डै ४ लाख आर्थिक सकंलन भएको छ । पहिलो चरणमा रेडियोले ५ वटा अक्सिजन सिलिण्डर खरिद गरि मुसिकोट नगरपालिकालाई हस्तान्तरण गर्ने तैयारी स्वरुप कामहरु अगाडी बढाएको अध्यक्ष खातीले जानकारी दिनुभयो । अहिले अक्सिजन सिलिण्डर खरिद पक्रिया अगाडी बढेको र अब १/२ दिनमै नगरपालिकालाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *