ओलीमाथि खनिए गगन थापा, गरे यति छुद्र टिप्पणी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पार्टीको १४ औँ महाधिवेशन समयमै हुनेमा अन्योलता भएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै थापाले पार्टीको १४ औँ महाधिवेशनको सम्बन्धमा अन्योलता बढ्दै गएको बताएका हुन् ।

बाँकी रहेका १३ जिल्लाको सदस्यता विवाद टुंग्याएर तत्काल अधिवेशन गर्न नसके थप अन्योल बढ्दै जाने उनले बताए । मंसिरमा महाधिवेशन हुन्छ भन्ने कुरामा ढुक्क हुन नसकिएको बताए ।

पार्टी केन्द्रीय कमिटीले गरेको निर्णय र नेताहरुलाई दिएको जिम्मेवारी नेताहरुले पुरा नगरी जवाफदेहिता बिनाको राजनीति गरिएको उनले बताए ।

थापाले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई संसदसँग घृणा जागेका कारण संसदमा अवरोध सिर्जना गर्ने गरेको बताए ।

संसदप्रति ओलीको घृणा सिंगो नेकपा एमालेमा पनि पुगेको भन्दै उनले एमालेले संसदीय मर्यादामा बस्न नसकेको बताए । उनले भने, ‘केपी शर्मा ओलीलाई संसदसँग घिन लाग्छ, उहाँलाई संसद देख्नै हुन्न ।

उहाँले आफ्नो कार्यकालभरी संसदलाई हेप्नुभो । संसदलाई वेवास्ता गर्नुभो । पटक–पटक भंग गर्नुभयो । अहिले संसद पुनस्थापित भइसकेपछि उहाँलाई संसदसँग यति घृणा लाग्छकी यो संसदलाई उहाँले पंगु बनाउनुभएको छ ।

अहिलेको हर्कत हेर्दैगर्दा सिंगो नेकपा एमालेलाई संसद प्रतिको व्यक्तिको घृणाबाट पार्टीमा पुग्यो भन्न कर लागेको छ ।’

थापाले प्रमुख प्रतिपक्षी दलको अवरोधका कारण सांसदहरुले बजेटको बिषयमा बोल्न नपाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *