संक्रमितको उपचारमा खेटेका ५० डाक्टरको एकैदिन कोरोनाकै कारण मृत्यु

एजेन्सी । भारतमा गत आइतबार एकैदिन कोरोना भाइरसका कारण ५० डाक्टरको मृत्यु भएको छ।

कोरोना भाइरसबाट संक्रमित बनेका मानिसहरुको उपचारमा खटेका डाक्टरहरुको मृत्यु भएको एनडीटीभीले जनाएको छ।

इन्डियन मेडिकल एसोसियसनका अनुसार आइतबार ५० डाक्टरको मृत्यु भएसँगै हाल भारतमा झन्डै एक हजार डाक्टरको कोरोना कहरका क्रममा मृत्यु भएको छ।

गतवर्ष ७३६ डाक्टरहरुको मृत्यु भएको थियोभने दोस्रो लहरका क्रममा यसपटक २४४ डाक्टरको ज्यान गइसकेको हो।

यसैबीच भारतमा कोरोनाको प्रभाव घट्दै गएको देखिएको छ। सोमबारदेखि भारतमा संक्रमितको मामिला ३ लाख मुनी पुगेको छ। २५ दिनपछि संक्रमित दरमा कमी आएको भारतको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

मंगलबार पनि भारतमा २ लाख ६३ हजार ५३३ कोरोना संक्रमित बने।

सोही अवधिमा त्यहाँ ४ लाख २२ हजार ४३६ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। अर्थात् भारतमा संक्रमित हुनेभन्दा दोब्बरले कोरोनामुक्त भइरहेका छन्।

यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ५२ लाख २८ हजार पुगेको छ। कोरोनाका कारण त्यहाँ २ लाख ७८ हजारको मृत्यु भइसकेको छ।

अहिले ३३ लाख ५३ हजार सक्रिय संक्रमित रहेको भारतमा हालसम्म २ करोड १५ लाख ९६ हजार कोरोनामुक्त भएका छन्।

कोरोनाविरुद्धको खोप अभियान जारी रहेको भारतमा १८ करोड ४४ लाख ५३ हजार मानिसले खोप लगाइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *