पाल्पामा अक्सिजन प्लान्ट निर्माणको लागि डेढ करोड बजेट विनियोजन

तानसेन । पाल्पामा अक्सिजन प्लान्ट निर्माणको लागि बजेट विनियोजन भएको छ । अर्थमन्त्रालयले पाल्पा अस्पातलको लागि प्लान्ट स्थापना गर्न १ करोड ५० लाख स्वीकृत गरेको पाल्पा क्षेत्र नं २ का सांसद सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

पाल्पामा अक्सिजन प्लान्ट निर्माणको लागि सोमबार बसेको जिल्ला स्तरिय सिसिएमसीको बैठकले माग गर्ने निणर्य गरेको थियो । पाल्पामा पछिल्लो समय अक्सिजनको अभावमा विरामीको मृत्यु बढिरहेको छ ।

सरकारले नेपालका १२ वटा अस्पतालहरुमा अक्सिजन पाइप लाइन विस्तार र प्लान्ट निर्माणको लागि १६ करोड ८० लाख थप बजेट निकासा दिएको छ । पाल्पामा प्लान्ट निर्माणका लागि बजेट निकास भएसँगै यसको तयारीका लागि पाल्पा अस्पताल लागेको पाल्पा अस्पतालका अध्यक्ष नेत्र प्रसाद पाण्डेले बताउनुभयो ।

प्लान्ट निर्माण भएसँगै आम पाल्पालीले राहातको महशुस गरेका छन् ।

Leave a Reply

Your email address will not be published.