एमाले नेकपाको सकारात्मक विरासत बोकेको एकीकृत पार्टी होः अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेकपाको सकारात्मक विरासत बोकेको पार्टी भएको बताएका छन् ।

शुक्रबार विधान महाधिवेशन उद्घाटनपछि आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले भने, ‘नेकपाको निरन्तरतासहित सकारात्मक विरासत बोकेको पार्टी हो एमाले । यो एकीकृत पार्टी हो । यो एकीकृत पार्टीको पहिलो विधान महाधिवेशन पनि हो ।’

एमाले विधानको नयाँ प्रस्ताव : उपमहासचिव पद हटाउने

नेकपा एमालेले पदाधिकारीमा व्यापक हेरफेर गर्ने प्रस्ताव गरेको छ । आजबाट विधान महाधिवेशन सुरू भएको नेकपा एमालेमा उपमहासचिव पद हटाउने प्रस्ताव गरिएको छ।

गोदावरीको सनराइज सभाहलमा शुक्रबारदेखि सुरू भएको महाधिवेशनमा सहभागीहरूलाई वितरण गरिएको प्रस्तावमा उपमहासचिवको पद हटाइएको हो।

केही समयअघि च्यासलमा भएको केन्द्रीय कमिटी बैठकमा उपमहासचिव बिष्णु पौडेलले पेस गरेको विधान संशोधन प्रस्तावमा २ जना उपमहासचिव राख्ने व्यवस्था गरिएको थियो।

नयाँ व्यवस्थाअनुसार एमालेमा अब एक अध्यक्ष, पाँच उपाध्यक्ष, महासचिव १ र सचिव छ जना हुने प्रस्तावमा उल्लेख छ।

विधान महाधिवेशनबाट यो प्रस्ताव पारित भएमा एमालेमा उपमहासचिव हुने छैनन्। अहिले घनश्याम भुसाल र बिष्णु पौडेल एमालेका उपमहासचिव छन्

एमाले विधान महाधिवेशनः बाधा अड्काउ फुकाउने प्रस्ताव पास

नेकपा एमालेको बाधा अड्काउ फुकाउने प्रस्ताव पारित भएको छ ।

शुक्रबारदेखि ललितपुरमा सुरु भएको एमालेको विधान महाधिवेशनमा एमाले उपमहासचिव विष्णु पौडेलले विधानको बाधा अड्काउ फुकाउने प्रस्ताव पेश गरेका थिए ।

नेता पौडेलले विधानको धारा ७४ को १५ क र १९ क को परिवर्तन गर्न गरिएको प्रस्तावमा हलले ताली बजाएर पारित गरेको हो ।

 

Leave a Reply

Your email address will not be published.