पालिकाद्वारा ओखलढुङ्गा -अंकुसे – देउराली सडक खण्डको अनुगमन

सुनिल कार्की
पाल्पा । तिनाउ गाउँपालिका पाल्पाले ओखलढुङ्गा-अंंकुसे -देउराली सडक खण्डको अनुगमन गरेको छ । योजना अनुगमन समिति संयोजक तिनाउ गाउँपालिका उपाध्यक्ष दमयन्ती थापाको नेतृत्वमा बाटाकोे अनुगमन भएको हो ।साविक जिल्ला विकास समिति पाल्पाले खोलेको उक्ता सडकको तिनाउ गाउँपालिकाले सडकको थप स्तरउन्नती,ढलान,विस्तार र मर्मत सम्भारको काम गरेको गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले जानकारी दिनुभयो ।

आकृति मालिका कन्ष्ट्रकष्सन प्रा.लि ललितपुरले बाटो निर्माणको जिम्मा लिएको थियो । रु १ करोड १० लाख बजेटबाट निर्माण भएको सडकमा साँघुरा घुम्ती सुधार,ग्याभिन वाल,कजवे र नालि निर्माण लगायतको काम भएको छ । दोभान झरेर सदरमुकाम तानसेन झर्न बाध्य ओखलढुङ्गाबासीलाई सदरमुकाम सम्मको आवतजावतमा सहजता आउने अपेक्षा स्थानिय नागरिकले लिएका छन् ।


बाटोको अनुगमन गर्दैै गाउँपालिका अध्यक्ष ओम बहादु घर्तीले ग्रामीण क्षेत्रका जनतालाई सदरमुकाम तानसेन झर्न र स्थानीय कृषि उत्पादनको बजारीकरणको लागि सो सडक छोटो र सुरक्षित बन्ने बताउनुभयो । बाटोको स्तरोन्नती नहुँदा सो भेगका जनताले बर्खाको समयमा समस्या भेग्नुपर्ने बाध्यता रहेकोमा अब दुवै सिजनमा आरामदायि यात्रा गर्न पाउने अध्यक्ष घर्तीले बताउनुभयो ।

सडक अनुगमनमा गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती,अनुगमन समिति संयोजक गाउँपालिका उपाध्यक्ष दमयन्ती थापा,इन्जिनियर किसन कुँवार,सुमन नेपाल,स्थानिय नागरिक लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.