मन्त्रालय भागबण्डामा सत्ता गठबन्धनमा सहमति, कसकाे भागमा कति र कुन मन्त्रालय ?

कांग्रेसलाई ८, माओवादी ६, नेकपा (एस) र जसपालाई ४–४ मन्त्रालय

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताबीच मन्त्रालय बाँडफाँटको सहमति भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटेको हो ।

कांग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ६, नेकपा (एकीकृत समाजवादी) र जसपाले ४–४ वटा मन्त्रालय लिने सहमति भएको छ । त्यस्तै तीन दलले एक एक जना राज्यमन्त्री पाउनेछन् ।

मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । बुधबारसम्म मन्त्रीको नाम टुंगो लगाउने र विहीबारसम्म मन्त्रिपरिषद् विस्तार हुने गठबन्धनका नेताहरुले बताएका छन् ।

सहमतिअनुसार कांग्रेसले प्रधानमन्त्रीसहित गृह, परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, सञ्चार तथा सूचना प्रविधि, रक्षा, महिला तथा बालबालिका र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ ।

त्यस्तै, माओवादी केन्द्रले अर्थ, ऊर्जा, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था तथा गरिबी निवारण र खानेपानी मन्त्रालय पाउने सहमति भएको छ ।

जसपाले भौतिक पूर्वाधार तथा यातायात, कृषि तथा पशुपन्छी, संघीय मामिला तथा सामान्य प्रशासन र बन तथा बातावरण पाउनेछ ।

नेकपा (एकीकृत समाजवादी)ले कानुन, शहरी विकास, श्रम तथा रोजगार, संस्कृति तथा पर्यटन मन्त्रालय पाएको छ ।

सरकार गठन भएको ८६ दिनपछि बल्ल सत्तारुढ गठबन्धनले मन्त्रालय भागबण्डाको विषय टुंगो लगाएको हो । अब दलहरुले मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएपछि मन्त्रिपरिषदले पूर्णता पाउनेछ ।

Leave a Reply

Your email address will not be published.