गुल्मी कांग्रेसको अधिवेशन : कुन स्थानीय तहमा कसकाे नेतृत्व ?

गुल्मी । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मीका सबै नगर तथा पालिकामा अधिवेशन सम्पन्न भएको छ । जिल्लाका १२ स्थानीय तह मध्य अधिकांशमा सर्वसम्मत भएको छ भने केहीमा निर्वाचन भएको छ ।

जिल्ला मुकाम  तम्घासस्थित रेसुङ्गा नगरपालिकाले आज मात्रै अधिवेशन सम्पन्न गरेको छ भने अन्य स्थानीय तहले १९ गते नै सम्पन्न गरिसकेका छन् ।

कुन स्थानीय तहमा कसकाे नेतृत्व

गुल्मीमा १९ गते नगर तथा पालिकाको अधिबेशन हुने भनिएता पनि रेसुङ्गा नगरपालिकामा हुन सकेको थिएन । ५ जनाले रेसुङ्गा नगरको सभापतिमा उम्मेद्बारी दिएका कारण १९ गते सम्पन्न हुन सकेको थिएन ।

२० गते रेसुङ्गा नगरको पनि अधिवेशन सम्पन्न भएको छ । रेसुङ्गा नगरपालिकामा नगर कार्यसमिति सभापतिमा जयश्वर पन्थी भएका छन् भने मुसिकोट नगरपालिकामा मोहन घिमिरे सभापतिमा निर्वाचित भएका छन् ।

त्यस्तै मालिका गाउँपालिकामा उपेन्द्र अर्याल, मदाने गाउँपालिकामा महेन्द्र कुँवर, इश्मा गाउँपालिकामा कृष्ण रिजाल, धुर्कोट गाउँपालिकामा हरि बहादुर थापा, गुल्मीदरबार गाउँपालिकामा प्रेम पुन, छत्रकोट गाउँपालिकामा धातानन्द भुसालले काङ्ग्रेसको नेतृत्व पाएका छन् ।

रुरुक्षेत्र गाउँपालिकामा देबेन्द्र मल्ल, सत्यवती गाउँपालिकामा बिष्णु भण्डारी, चन्द्रकोट गाउँपालिकामा बिष्णु प्रसाद भण्डारी, कालीगण्डकी गाउँपालिकामा निम ब श्रीसको नेतृत्वमा कार्यसमिति चयन भएको छ।

Leave a Reply

Your email address will not be published.