प्रधानन्यायाधीशका जेठान बने मन्त्री !

काठमाडौँ  प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले मन्त्रीहरुको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेका छन् ।

मन्त्रीहरुको नाम राष्ट्रपति कार्यालय गइसकेकाे र साँझसम्ममा शपथ हुने प्रधानमन्त्री देउवाको सचिवालयले बताएकाे छ ।सरकार गठन भएको ८८ दिनपनि देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

उनले प्रधानन्यायधिशकाे काेटामा गजेन्द्र हमाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिएका छन् । हाल स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा तानेका छन् ।

यता, सरकारले मन्त्रिपरिषदमा प्रधानन्यायाधीशले भाग मागेको भन्ने विषयमा सत्यता नरहेको बताएको छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले

प्रधानन्यायधीश जबराको विषयमा सोधेको प्रश्नको जवाफ दिँदै कानून न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदमा प्रधानन्याधीशले भाग मागेको विषयमा सत्यता नभएको बताएका हुन् ।

सुवालले मन्त्रिपरिषद्मा भाग खोज्ने प्रधानन्यायाधीशविरुद्ध संसद्मा महाभियोग किन नआएको ? भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए ।

मन्त्रिपरिषदमा भाग मागेको खबर सार्वजनिक भएपछि प्रधानन्यायाधीश चालेन्द्र शम्सेर जबराले पनि त्यसमा सत्यता नभएको बताएका थिए ।

त्यस्तै सर्वोच्च अदालतले पनि न्यायालयलाई बदनाम गर्ने उद्देश्यले समाचार आएको भन्दै त्यसको खण्डन गरेको थियो ।

याे पनिसमाचार, यस्तो बन्दैछ देउवा सरकारको मन्त्रिपरिषद

प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । सरकार गठन भएको ८८ दिनपनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका हुन् ।

मन्त्रिपरिषदमा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्कीलाई सञ्चार, सूचना तथा प्रविधि, दिलेन्द्र बडुलाई कानुन न्याय तथा संसदीय मामिला, उमा रेग्मीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक,

मिनेन्द्र रिजाललाई रक्षा, उमाकान्त चौधरीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएका छन् । यसअघि कानुनमन्त्री रहेका कार्कीलाई सञ्चारको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसबाट यसअघि बालकृष्ण खाँण गृह, नारायण खड्का परराष्ट्रमन्त्री भइसकेका छन् । देउवाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी गजेन्द्र हमाललाई दिएका छन् ।

स्वास्थ्य राज्यमन्त्री रहेका उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीकै रुपमा राखिएको छ । त्यस्तै, जनता समाजवादी पार्टी (जसपा)बाट रेणु यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री,

राजेन्द्र श्रेष्ठ संघीय मामिला तथा सामान्य प्रशासन, रामसहाय यादव वन तथा वातावरणमन्त्री र प्रमोद साह कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएका छन् ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)बाट रामकुमारी झाँक्री संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री, प्रेम आले सहरी विकासमन्त्री बनेका छन्

भने विरोध खतिवडालेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । स्वास्थ्य राज्यमन्त्रीमा समाजवादीकै भवानीप्रसाद खापुङ नियुक्त भएका छन् ।

यस्तै, प्रधानमन्त्री देउवाले नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेललाई शिक्षा विज्ञान तथा प्रविधि, शशी श्रेष्ठलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण,

महेश्वर गहतराजलाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिएका छन् । माओवादीबाट यसअघि अर्थमन्त्रीमा जनार्दन शर्मा र ऊर्जामन्त्रीमा पम्फा भुसाल छन् । नवनियुक्त मन्त्रीहरुको आजै शपथ हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.