तिनाउमा कोरोना नियन्त्रण सम्बन्धि जिल्ला समन्वय समितिको अनुगमन

सुनिल कार्की 
पाल्पा । जिल्ला समन्वय समिति पाल्पाले स्थानीयतहको कोरोना व्यवस्थापन सम्बन्धी अनुगमन गरेको छ । बिहीबार समितिले तिनाउ गाउँपालिकामा अनुगमन गरेको हो । जिल्ला समन्वय समितिकी प्रमुख मिरा मरासिनीको नेतृत्वमा अनुगमन गरिएको हाे ।

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै तिनाउ गाउँपालिकाले १० वेडको अक्सिजनसहितको कोरोना अस्पताल निर्माण गरी संचालन गरिरहेको, २० वेडको क्वारेन्टिन सञ्चालन गरिएको र गाउँगाउँमा परीक्षणलाई तिव्रता दिइएको गाउँपालिकाले जनाएको छ । पछिल्लो दिनमा ५ सय नयाँ परीक्षणका लागि स्वास्थ्यकर्मीहरु गाउँगाउँमा पुगेको गाउँपालिका अध्यक्ष ओम वहादुर घर्ती मगरले जानकारी गराउनुभयो ।

तिनाउ गाउँपालिकामा कोरोना भाइरसको नियन्त्रण प्रयास सम्बन्धी गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले जानकारी गराउनुभएको थियो । अध्यक्ष घर्ती मगरले कोरोना संक्रमणको दोश्रो लहरमा १ सय ७७ जना संक्रमण भएको जानकारी गराउनुभयो । तिनाउ गाउपालिकाले संचालन गरेको कोरोना अस्पतालमा ६ जना उपचारारत रहेको, अन्य अस्पतालमा १ जना र १ सय २७ जना होम आइसोलेसनमा रहेको उहाँको भनाई छ । त्यसैगरी तिनाउमा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको र ३९ जना कोरोना जित्न सफल भएको गाउँपालिकाले जनाएको छ ।

तिनाउ गाउँपालिकाले सञ्चालन गरेको कोरोना अस्पतालमा २ जना स्वास्थ्यकर्मीसहित विरामीका लागि खाना र राम्रो हेरचाहको व्यवस्था गरिएको तिनाउका स्वास्थ्य शाखा प्रमुख कृष्ण कार्कीले जानकारी दिनुभयो । कार्कीका अनुसार कोरोना अस्पतालमा २४ सै घण्टा अक्सिजन सहितका स्वास्थ्यकर्मीको व्यवस्था गरिएको छ ।

तिनाउ गाउपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन वापत जोखिम भत्ता उपलब्ध गराइएको प्रमुख प्रशाशकिय अधिकृत सुन्दर प्रसाद श्रेष्ठको भनाई छ । श्रेष्ठका अनुसार जोखिम भत्ता, पीपीई लगायतका आवश्यक स्वास्थ्य सामाग्रीहरुको कमी हुन दिइएको छैन ।

अनुगमनमा प्रदेश सांसद तुलाराम घर्ती बसन्तले प्रदेश सरकारसँगको समन्वय जारी रहेको बताउँदै कोरोना नियन्त्रणमा स्थानीय सरकारहरुसँग हातेमालो गर्दै अगी बढीरहेको बताउनुभयो । जिल्ला समन्वय समितिकी प्रमुख मिरा मरासिनीले जिल्लाबाट वितरण हुने स्वास्थ्य सामाग्रीहरुमा समानुपातिक बितरण गरिने बताउनुभयो ।

अनुगमनमा प्रदेश सांसद तुलाराम घर्ती, जिल्ला समन्वय समितिका अधिकारी ध्रुव कुँवर, तिनाउका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.