नवरात्रीमा यी ५ राशिवालामाथि रहनेछ दुर्गामाताको कृपा, बन्नेछ बिग्रेका काम

एजेन्सी । घटस्थापनासँगै बिहीबार बाट नवदुर्गा शुरु भएको छ । यस वर्ष दुई तिथि एकै दिने परेकाले नवदुर्गाको त्योहार ८ दिन मात्र मनाइँदैछ । हिन्दु धर्ममा नवरात्रको विशेष महत्व रहेको छ ।

यस अवसरमा भगवतीको ९ विभिन्न्न स्वरुपको पूजाआजा गरि मनाउने गरिन्छ । सच्चा मनले देवी दुर्गाको पूजा अर्चना गर्नले भक्तहरुको मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ ।

ज्यातिष विज्ञका अनुसार यो नवदुर्गा कुनै कुनै राशिवालाहरुलाई दुर्गामाताको खास कृपा रहेको हुन्छ । यहाँ हामीले यहाँ ती राशिहरुका बारेमा चर्चा गर्दैछौँ । यो फगत मनगढन्ते कुरा मात्र होइन ज्योतिष विज्ञले सुझाएका कुराहरु हुन् ।

वृष राशि – नवरात्रीमा वृष राशिका जातकको लागि धन प्राप्तीको प्रवल योग बनेको छ । दुर्गामाताको कृपाले यस जातकका व्यक्तिहरुलाई आफ्ना शत्रुमाथि विजय प्राप्त हुनेछ । घरमा सुख शान्तिको बास हुनेछ । यसका साथै सन्तान पक्षबाट पनि खुश खबर मिल्ने योग रहेको छ ।

कन्या राशि – कन्या राशि हुने जातकको लागि पनि यो नवरात्री फलदायी हुने छ । यो समय निकै उत्तम छ । माँ दुर्गाको कृपाले धन, वैभव र सम्पतिमा बढोत्तरी हुने छ । लामो समयदेखि अड्किएर रहेका कामहरु पनि बन्नेछन् ।

परिवारमा खुशीयाली छाउनेछ । स्वास्थ्यमा सुधार आउनेछ । ज्योतिषाचार्यको कुरालाई मान्ने हो भने नवरात्रीको यो साता तपाईँ कुने नयाँ काम पनि शुरुआत गर्न सक्नुहुनेछ । यस अवसरमा शुरु गरेको कामबाट प्रतिफल पनि छिट्टै देखिने छ ।

तुला राशि – ज्योतिष शास्त्रका अनुसार नवरात्रीको ९ दिन (यस वर्ष ८ दिन) तुला राशि हुनेहरुका लागि निकै खास हुनेवाला छ । यस राशि हुनेजातककको लागि हरेक कदममा सफलता मिल्ने योग छ । शत्रु नास हुनेछ । यसका साथै नवारात्रीमा आर्थिक पक्ष पनि मजबुत रहनेछ ।

बृश्चिक राशि – वृश्चिक राशि भएका जातकहरुलाई दुर्गामाताको कृपाले कर्जाबाट मुक्ति मिल्नेछ । घरमा सम्पन्नताको वास हुनेछ । परिवारमा प्यार तथा सौहार्द बढ्नेछ । यद्यपी यस राशिका जातकले आफ्नो खर्चमा लगाम लगाउनुपर्ने जरुरी देखिन्छ । दशैँ भनेर बढ्ता फुर्मास नगर्नुहोला ।

मकर राशि – नवरात्रीमा माता दुर्गा भवानीको कृपाले यस राशि हुने जातकहरको विग्रेको काम बन्ने छ । देवी दुर्गाको आरधना गर्नाले शुभ फल प्राप्त हुने छ । नोकरीमा प्रगतिको सम्भावना छ । पदोन्नति हुन सक्ने योग छ । यस उपलक्ष्यमा मकर राशि हुनेहरुको आर्थिक पक्ष पनि मजबुत रहेनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *