माेतिपुर घटनापछि सरकार झन कठाेर गृह भन्छ कसैलाई बाँकी छाेडिन्न (गृहकाे विज्ञप्तीसहित)

काठमाडौं । गृह मन्त्रालयले सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

रुपन्देहीको मोतीपुर ओद्योगिक क्षेत्रमा प्रहरीको गोली लागेर ४ जना मारिएको भोलिपल्ट सोमबार विज्ञप्ति जारी गरी गृह मन्त्रालयले कानुनी प्रक्रिया विपरीत सरकारी जग्गा अतिक्रमण गर्ने जोकोहीमाथि कारबाही गर्ने चेतावनी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ ‘निर्धारित कानुनी विधि र प्रक्रिया भन्दा बाहिर सरकारी वा सार्वजनिक जग्गा अतिक्रमण गर्ने प्रयास गर्ने जो कोहीलाई कानुन बमोजिम कारबाही हुने व्यहोरा जानकारी गराइन्छ ।’

आइतबार मोतीपुर औद्योगिक क्षेत्र अतिक्रमण गरी बसेका सुकुम्बासीमाथि गोली चलाउँदा ४ जनाको मृत्यु भएको थियो ।

 

Leave a Reply

Your email address will not be published.