रोजगारीका लागि इजरायल जाने १ हजार १७५ कामदार छनोट

काठमाडौँ। इजरायलले नेपालबाट लैजाने १ हजार १७५ जना कामदार छनोट गरेको छ ।

विभिन्न कारणले ढिलो भएको प्रक्रिया अब सुरु भएको हो । इजरायलले विभिन्न चरण पार गरिसकेका योग्य १ हजार नेपालीलाई लैजाने गरी गोलाप्रथाबाट छनोट गरेको हो ।

वैदेशिक रोजगार विभागले केही समय अघि इजरायल जान चाहनेका लागि परीक्षा लिएको थियो ।

नेपालमा भएको छनोट प्रक्रियामा विभिन्न चरण पार गरी १ हजार ६०० नेपालीलाई सूचीकृत गरिएकोमध्ये १ हजार १७५ जनाको नाम मंगलवार गोलाप्रथाबाट छनोट गरिएको हो ।

याे पनि समाचार, जथाभावी मूल्य लिने सेल्स बेरीलाई ५० हजार जरिवाना

जिल्ला प्रशासन कार्यालय ललितपुरले आसन्न दसैँलगायत चाडपर्व नजिकिएसँगै गरेको बजार अनुगमनका क्रममा आज सातदोबाटोस्थित सेल्स बेरीलाई रु ५० हजार जरिवाना तिराएको छ ।

सहायक प्रजिअ ललितकुमार बस्नेत नेतृत्वको टोलीले चाडपर्वको समयमा व्यापारीले जथाभावी मूल्य लिने र म्याद गुज्रिएका सामग्री बेच्ने समस्या बढेसँगै गरेको अनुगमनका क्रममा बोरीलाई ह्वाइट हेविटलगायत चक्लेटमा अनुचित नाफा लिएको पाएपछि सो मूल्य बराबरको रकम तिराएकोे जानकारी गराइएको छ ।

बस्नेत नेतृत्व टोलीले ललितपुरमा यही असोज ७ गतेदेखि पटकपटक बजार अनुगमन गरिरहेको छ । यसअघिका अनुगमनमा सो टोलीले लगनखेलदेखि पुल्चोकसम्मका केही पसललाई कूल रु एक लाख ३५ हजार ५०० तिराइसकेको बताएको छ ।

बस्नेतसँगै अनुगमनमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, आन्तरिक राजस्व कार्यालय लगनखेल तथा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखासहित महानगरीय प्रहरी परिसर जावलाखेलका प्रतिनिधि पनि सहभागी थिए । रासस

Leave a Reply

Your email address will not be published.