सुर्खेत । मुगुमा बस दु’र्घटना मृ’त्यु हुनेको संख्या २८ पुगेको छ ।
जनाको घटनास्थलमै र ४ जनाको उ’द्धार गरी ताल्चा विमानस्थल पुर्याउने क्रम्मा मृ’त्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्र’हरी निरीक्षक जीवन लामिछानेले जानकारी दिए ।
सुर्खेतबाट मुगुको सदरमुकाम गमगढीतर्फ गएको भे १ ख ३१६७ नम्बरको बस छायाँनाथ रारा नगरपालिका–७, पिना झ्यारीखोलामा दु’र्घ’टनामा परेको थियो ।
घाइते भएका १४ जनालाई उपचारका लागि नेपालगञ्ज लगिएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गाडीमा ३९ यात्रु सवार थिए । दसैं मनाउन घर जान लागेका यात्रुहरु दुर्घटनामा परेका हुन् ।
दुर्घटनामा परी २२ जनाको घटनास्थलमै मृत्यु भएको र थप २ जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।
उनका अनुसार ७ महिला, १६ पुरुष र एउटा बच्चाको मृत्यु भएको छ । अधिकांश घाइते गम्भीर भएकाले र मृतकहरुसँग पहिचान खुल्ने कागजात नभएकाले सनाखत हुन समय लागेको उनले जनाए ।
नेपाल आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय वासिन्दा उद्वारमा खटिएका छन् ।
मृतकको शव जिल्ला अस्पताल मुगुमा लगिएको छ । उनीहरुको सनाखत गरेपछि पोस्टमार्टम गरिने प्रहरीले जनाएको छ ।
[सांकेतिक तस्विर]