काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले राष्ट्रपतिलाई महाअभियोग लगाउर बिदा गर्नुपर्ने बताउनुभएकाे छ ।
नेता थापाले सामाजिक सञ्जालमा फेसबुक मार्फत प्रधानमन्त्री र राष्ट्रपतिले जानीजानी गलत बाटो अपनाएको भन्दै आपत्ति जनाउनुभयाे ।
बिहीबार साँझ प्रधानमन्त्रीको सिफारिसमा सरकार गठनका लागि संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीबाट आह्वान भए लगत्तै थापाकाे यस्ताे प्रतिक्रिया आएकाे हाे ।
‘विश्वासको मत लिन मन नलागे प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रकृया सुरु गर्ने हो नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो?’, प्रश्न गर्दै नेता थापाले फेसबुकमा लेख्नुभएकाे छ, ‘जानेर गरेको हो। गनगन गरेर नबसौं। सुझबुझ पुर्याउँ र यिनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’