काठमाडौँ । काठमाडौँमा बिहीबार राति भयानक हावाहुरी चलेको छ ।
राती ९ बजेदेखि चलेको हुरीका कारण भएको क्षतिको विवरण भने आइसकेको छैन । ठाउँठाउँमा छिटफुट वर्षासहित हावा चलेको हो ।
हुरीका कारण जनजीवन प्रभावित बनेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको दक्षिण पश्चिमबाट मेघ गर्जन र चट्याङ सहित वर्षा गराउने बादल विकसित भई रहेको र उक्त प्रणाली उत्तरपूर्व तिर सर्ने क्रममा रहेको छ । हुरीले राजधानीको अधिकांश स्थानमा बिजुली गएको जानकारी आएको छ । त्यस्तै, महाशाखाले सचेत रहन समेत आग्रह गरेको छ ।
त्यस्तै, देशका पूर्वी जिल्लाहरुमा पनि हुरीसहित पानी परेको बताइएको छ ।