नेपालको क्षेत्रफल कति ?

 

– पुरुर्षोत्तम बराल

नेपाल सरकारले गुन्जी, नावी, कुती, लिम्पियाधुरालगायतको भूमी समेटेर मिति २०७७ जेठ ७ गते नेपालको अद्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको आज १ वर्ष पुग्यो तर उक्त अवसरमा नेपालको क्षेत्रफल कति भन्ने बारे उल्लेख भएन । तत्पश्चात नेपालको आधिकारिक क्षेत्रफल कति भयो भन्ने जिज्ञासा थियो, जुन अझै पनि मेटिन सकेको छैन ।

– पुरुर्षोत्तम बराल

 

नेपालको क्षेत्रफल सम्बन्धमा भएका अस्पष्टताहरु

१. विकिपिडियामा Geography Of Nepal मा नेपालको क्षेत्रफल १,४७,५१६ वर्ग किलोमिटर अर्थात् ५६,९५६ वर्ग माइल देखाएको छ ।जसमा पहिलेको क्षेत्रफल १,४७,१८१ वर्ग कि.मी. मा ३३५ वर्ग किलोमिटर बढेको देखिन्छ ।

२. सूचना तथा प्रशारण विभागबाट २०७७ असारमा प्रकाशित नेपाल परिचयको आठौं संस्करणमा नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर नै छ जुन अद्यावधिक नक्सा जारी हुनुभन्दा पहिलेकै क्षेत्रफल हो ।

३. नेपाल परिचयकै आठौं संस्करण अनुसार प्रदेश नं १ को क्षेत्रफल २५,९०५ वर्ग कि.मी. , प्रदेश नं। २ को ९,६६१ वर्ग कि.मी. , बाग्मती प्रदेशको २०,३०० वर्ग कि.मी. , गण्डकी प्रदेशको २१,७३३ वर्ग कि.मी. , लुम्बिनि प्रदेशको २२,२८८ वर्ग कि.मी. , कर्णाली प्रदेशको २७,९८४ वर्ग कि,मि र सुदुरपश्चिम प्रदेशको क्षेत्रफल १९,५३९ वर्ग कि.मी. रहेको छ ।जसअनुसार प्रदेशहरुको क्षेत्रफल जोड्दा नेपालको क्षेत्रफल १,४७,४१० वर्ग कि.मी. हुने देखिन्छ ।

४. प्रत्येक प्रदेशको मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेवसाइटमा उल्लेख भएअनुसार प्रदेशहरुको क्षेत्रफलमा प्रदेश नं १ को २५,९०५ वर्ग कि.मी. , प्रदेश नं २ को ९,६६१ वर्ग कि.मी. , बाग्मती प्रदेशको २०,३०० वर्ग कि.मी. , गण्डकी प्रदेशको २१,७३३ वर्ग कि.मी. , लुम्बिनी प्रदेशको १७,८१० वर्ग कि.मी. , कर्णाली प्रदेशको २४,४५३ वर्ग कि.मी. र सुदुरपश्चिम प्रदेशको १९,५३९ वर्ग कि.मी. रहेको पाइन्छ । यस अनुसार प्रदेशहरुको क्षेत्रफल जोड्ने हो भने नेपालको क्षेत्रफल १,३९,४०१ वर्गकि.मी. देखिन्छ ।

५. नेपाल सरकार परराष्ट्र मन्त्रालयको About Nepal d]g’sf] Nepal Proflie मा This Page is under construction लेखिएको छ जसले गर्दा अन्तराष्ट्रमा नेपालको क्षेत्रफल कति हो भन्ने पनि खुल्न सकेको छैन ।

६. नापी विभागको वेवसाइट हेर्दा त्यहाँ नक्सा त भेटिन्छ तर नेपालको क्षेत्रफल कतै उल्लेख गरेको पाइदैन ।

७. त्यस्तै पाठ्यक्रम विकास केन्द्र द्वारा प्रकाशित कक्षा ११ को सामाजिक अध्ययन तथा जीवनोपयगी शिक्षा, एकाइ ५स् भूगोल र सामाजिक सम्बन्ध को पाठ १स् विश्वमा नेपालमा नेपालको क्षेत्रफल कति हो भन्ने उल्लेख छैन जसले विद्यार्थीहरु पनि नेपालको क्षेत्रफल सम्बन्धी जानकार नहुने देखिन्छ ।

माथि उल्लेखित तथ्यहरुलाई केलाउँदा नेपाल सरकार, सूचना तथा प्रशारण विभागबाट नेपाल परिचयको आठौं संस्करण प्रकाशन गर्दा नेपालको अद्यावधिक नक्सा सार्वजनिक भइसकको थियो तर क्षेत्रफल अद्यावधिक छैन । त्यस्तै सोही संस्करणमा नेपालको क्षेत्रफल दोहोरो देखिएको छ, जुन त्रुटीले क्षेत्रफल सम्बन्धमा द्वीविधा गराएकै छ । त्यसै सरकारका अन्य आधिकारिक निकायहरुमा राखिएका तथ्यांकहरु पनि अपुर्ण र अस्पष्ट देखिन्छ । यसले के संकेत गर्छ भने नेपाल बारे बुझ्न तथा जान्न खोज्ने जो कोहि पनि क्षेत्रफल सम्बन्धमा भ्रममा र अलमलमा पर्ने हुन्छ । त्यसैले नेपालको क्षेत्रफलको आधिकारिकता कसले दिनेरु छिटो भन्दा छिटो आधिकारिक क्षेत्रफल कति हो सम्बन्धित निकायबाट प्रकाशित होस् ।

Leave a Reply

Your email address will not be published.