काठमाडाैं । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि राष्ट्रपति विद्यादेवी भण्डारी मुस्ताङको मुक्तिनाथ पुगेकी छन्।
नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति भण्डारी आज बिहान मुक्तिनाथ पुगेकी हुन्। उनले मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन्।
राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरेकी छन्। राष्ट्रपति भण्डारीलाई मुक्तिनाथ मन्दिरका पुजारी तथा पदाधिकारी,
सांसद प्रेमप्रसाद तुलाचन, नेकपा (एमाले) की नेत्री श्रीमाया थकाली, मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा, जनप्रतिनिधि तथा स्थानीयले स्वागत गरेका थिए।

कारोनाभाइरसको महामारीबाट धार्मिक पर्यटनसम्बन्धी गतिविधी एवं तीर्थयात्रा हुन सकेको छैन। यस अवस्थामा नेपालको पर्यटन एवं तीर्थयात्रा सुरिक्षत रहेको सन्देश दिन र नेपालका सुप्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्यको प्रचार गर्ने उद्देश्इले राष्ट्रपति भण्डारी मुक्तिनाथ पुगेको राष्ट्रपति कार्यालय कार्यालयले जनाएको छ।
राष्ट्रपति भण्डारी आजै बागलुङस्थित अवस्थित ढोरपाटन शिकार आरक्षको अवलोकन गर्ने कार्यक्रम रहेको छ। उनी आजै काठमाडौं फर्किने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।
यहि क्रममा राष्ट्रपति भण्डारीले आइतबार लुम्बिनीको भ्रमण गर्ने भएकी छन्। उनले निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा बुद्धको प्रतिमा अनवारण गर्ने कार्यक्रम रहेको छ।
त्यस्तै, राष्ट्रपति भण्डारीले मंगलबार मनाङको भ्रमण गर्ने कार्यक्रम रहेको प्रेस विज्ञ टीका ढकालले बताए। मनाङ भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले सांसद पोल्देन छोपाङ गुरुङको स्याउबारी अवलोकन गर्ने कार्यक्रम रहेको छ।