वर्तमान गठबन्धन काँचो धागोले बाँधेको होइन, मजबुत छः अध्यक्ष नेपाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको नभएकाले गठबन्धन मजबुत रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा कुनै छलफल नभएको बताए ।

उनले प्रदेश एकमा छिट्टै मुख्यमन्त्री भीम आचार्यको बहिगर्मन हुने बताए ।

प्रदेश नं १ का नेकपा एकीकृत समाजवादी पार्टीका संसदीय दलका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा सरकार बन्ने भनाइ राख्दै उनले अघिल्लो सरकारले सङ्घीयता,

राष्ट्रियता र लोकतन्त्रलाई कमजोर बनाउने काम गरेको आरोप लगाए । उनले आफ्नो पार्टीमा मेचीदेखि महाकालीसम्म जनलहर देखिएको दावी गरे ।

याे पनि समाचार

राष्ट्रिय सभाको उपनिर्वाचनमा मिलेरै जान्छौंं : दाहाल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि पाँच दलीय गठबन्धन मिलेरै जाने बताएका छन्।

शनिबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष दाहालले राष्ट्रिय सभाको उपनिर्वाचनमा मिलेर जाने सैद्धान्तिक सहमति भइसकेको बताए।

“राष्ट्रिय सभाको उपनिर्वाचनमा पाँच दल मिलेरै जान्छौं,” दाहालले भने, “यसमा सैद्धान्तिक सहमति भइसकेको छ।” कहाँ कसको उम्मेदवार बनाउने भन्ने पनि छिट्टै सहमति हुने उनको भनाइ थियो।

यसअघि बागमती र लुम्बिनीमा भएको राष्ट्रिय सभाको उपनिर्वाचनमा पनि पाँच दल मिलेरै गएका थिए। दुवै प्रदेशमा एमालेका उम्मेदवारलाई पराजित गर्दै गठबन्धनका उम्मेदवारले जितेका थिए।

सर्वोच्च अदालतमा देखिएको विवाद सम्बन्धी प्रश्नमा अध्यक्ष दाहालले गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए। छिट्टै गठबन्धनका नेताहरूसँग छलफल गरेर निकास खोजिने उनको भनाइ थियो।

दाहालले भने, “न्यायालयको विषयमा समस्या देखिएको छ, त्यसलाई गठबन्धनको बैठकबाट ठिक ढंगले हल गरेर निकास दिइनेछ।” दलका नेताहरू बाहिर रहेकाले छलफल हुन नसकेको उनले बताए।

एक अर्को प्रश्नको जवाफमा अध्यक्ष दाहालले नागरिकता समस्या समाधान गरिने बताए। संसद्मा एमालेले अनावश्यक अवरोध गरेकाले अब महत्वपूर्ण विधेयकलाई अध्यादेशमार्फत ल्याइने उनको भनाइ थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *