प्रचण्डको नीति देश वर्वाद गर्ने होः केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नीति देश वर्वाद गर्ने भएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित एमाले सिन्धुपाल्चोक–काठमाडौँ सम्पर्क मञ्चको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रचण्डको दर्शन भनेको धक्का, क्रमभंग, छलाम, महाअभियोग रहेको बताए ।

उनले भने, ‘यस भित्र के रचनात्मक कुरा छ र ? एमालेमा आउँदा सपारियला कि भनेको सकिएन।’

त्यस्तै, ओलीले १० बुँदे कार्यान्वयन रचनात्मक ढंगले गरिने बताए । ‘मुख्य कुरा पार्टी एकता हो। १० बुँदेको कार्यान्वयन रचनात्मक ढंगले कार्यान्वयन गर्छौ। १० बुँदे माधव नेपाललाई जान नदिन बनेको थियो। तर, माधव नेपालले मानेनन् ।

माधव नेपाललाई ल्याउन स्वागत गेट बनाइयो । घर बनाइयो । आराम गर्नका लागि सोफाहरु बनाइयो। तपाइहरुले सुन्नुभयो होलानी १० बुँदे। यी सबै कुरा माधव नेपालका लागि बनेका थिए ।

फर्किने ठाउँ चाहियो भनेर १० बुँदे बनाइयो । तर, उनले मानेनन् ।’ ओलीले भने, ‘हामी १० बुँदेको कार्यान्वयन गर्छौं। र, अगाडि बढ्छौं। मुख्य उद्देश्य एकता हो ।

एकताको आवश्कयता अनुसार जेठ २ मा पनि फर्किन तयार छौं ।’ उनले समझदारीमै एकता गरिने बताए ।

Leave a Reply

Your email address will not be published.