प्रधानमन्त्रीमा ओली र देउवा दुवैको दावी पुगेन, प्रतिनिधिसभा भङ्ग

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि गरिएका दुवै दाबी पूर्ण नभएको भन्दै खारेज गरेकी छन् ।  राष्ट्रपति  भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न मिल्ने नदेखिएको भन्दै दुबै दाबी खारेज गरिदिएकी हुन् ।

राष्ट्रपति कार्यालयबाट मध्यरातमा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएको उल्लेख छ ।

राष्ट्रपति भण्डारीकाे याे  ठहर गरेसँगै अब प्रतिनिधिसभा संवैधानिक रुपमा नै विघटनमा गएको छ ।

धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठन हुन नसकेपछि अब प्रतिनिधि सभा संविधान वमोजिम भंग भएको छ । अब प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वमा मुलुक चुनावमा जानेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *