एमालेले महाधिवेशनमा एकीकृत समाजवादीलाई निम्तो नगर्ने!

काठमाडाैं । नेकपा (एमाले)ले मंसीरमा हुन लागेको महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) लाई निमन्त्रणा नगर्ने भएको छ।

एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अन्य राष्ट्रिय दलहरूलाई बोलाए पनि माधवकुमार नेपाल अध्यक्ष रहेको एकीकृत समाजवादीलाई निम्तो नपठाउने बताए।

एकीकृत समाजवादी गत भदौमा एमालेबाट विभाजन भएर गठन भएको दल हो।

“राष्ट्रिय मान्यता प्राप्त दलको पहिचान र ठेगाना खुलेका प्रमुख दलहरूलाई आमन्त्रण गर्छौ,”

पत्रकारको जिज्ञासामा भट्टराईले एकीकृत समाजवादीतर्फ लक्षित गर्दै भने, “राजनीतिक शक्तिहरूको अवैध सम्बन्धबाट बनेको समूहलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन।”

एमालेले आगामी मंसीरमा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *