वामीका थापा बने गुल्मी समाज जापानकाे प्रवक्ता

कौरव खत्री
गुल्मी । गुल्मीका समाजसेवी दिलिप थापा गुल्मी समाज जापानको प्रवक्क्तामा चयन हुनुभएको छ ।

बुधवार गुल्मी समाज जापानको पहिलो बैठकले थापालाई गुल्मी समाज जापानको प्रवक्क्ताको रुपमा चयन गर्ने निर्णय गरिएको गुल्मी समाज जापानका अध्यक्ष महेन्द्र कुमार अधिकारीले जानकारी दिनुभयो ।

गुल्मी मुसिकोट नगरपालिका ७ वामी शेरा निवासी साविकको वामी गाविस वडा ९ शेरामा स्थायी घर भई हाल रोजगारीको शिलशिलामा

जापानमा कार्यरत रहदै आउनु भएका समाजसेवी थापाले विगत लामो समयदेखि आफ्नो जन्मभूमीप्रति सामाजिक कर्ममा निरन्तर सक्रियतापूर्वक समाजसेवामा सहयोग गदै आइरहनु भएको छ ।

त्यस्तै समाजसेवी थापा हाल वामी सेवा समिति जापानका बरिष्ठ उपाध्यक्ष एंव अन्तराष्ट्रिय नमुना समाजका संस्थापक अध्यक्ष एंव समाजका बर्तमान संरक्षक समेत रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published.