कांग्रेस प्रवक्ता शर्माको टिप्पणी- महाव्याधीका बेला मध्यावधिको रंगिन सपना महंगो पर्नेछ

काठमाडाैं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महाव्याधिको समयमा घोषणा गरिएको मध्यावधि चुनाव महंगो पर्ने चेतावनी दिएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दावी अस्वीकार गरेपछि मुलुक मध्यावधि निर्वाचनतर्फ लाग्दै छ। दुवै दावी अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन र आगामी २६ कात्तिक र ३ मंसीरलाई निर्वाचनको मिति तोकेपछि शर्माले त्यस्तो चेतावनी दिएका हुन्।

शर्माले ट्वीटमा लेखेका छन्, ‘अहंकारको वृक्षमा विनाशको फल लाग्छ। सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझी राख्नु राष्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ!’

Leave a Reply

Your email address will not be published. Required fields are marked *