संसद विघटन गर्नु विवेकहीन निर्णय : नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा चन्द्र भण्डारीले मध्यावधि चुनावको घोषणा विवेकहीन निर्णय भएको प्रतिक्रिया जनाएका छन् । शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नेता भण्डारीले प्रधानमन्त्री केपी ओलीले अराजनैतिक संस्कार देखाएको बताएका हुन् ।

उनले लेखेका छन्, ‘लगाम विहीन केपी ओली । अराजनैतिक संस्कार । विवेकहीन निर्णय ।’

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दावी गरेका केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दावी अस्वीकार गरेपछि मुलुक मध्यावधि निर्वाचनतर्फ लाग्दै छ ।

दुवै दावी अस्वीकार गर्ने राष्ट्रपतिको निर्णयपछि बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटन र आगामी २६ कात्तिक र ३ मंसीरलाई निर्वाचनको मिति तोकेपछि भण्डारीले ओलीलाई लगाम विहीनको शंज्ञा दिएका हुन् ।

Leave a Reply

Your email address will not be published.