सिद्धबावामा सुरुङ खन्न टेण्डर आह्वान

 सुनिल कार्की

बुटवल । सरकारले सिद्धार्थ राजमार्ग अन्तरगत सिद्धबावा सडक खण्डमा सुरुङ खन्न टेण्डर आह्वान गरेको छ ।

नेपाल सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयले एक महिने सूचना प्रकाशित गर्दै टेण्डर आह्वान गरेको हो । सुरुङ खन्ने प्रक्रियाका लागि ग्लोवल टेण्डर आह्वान  भएकाे हाे । यो टेण्डर आह्वानसंगै मृत्युमार्गको रुपमा चिनिएको सिद्धार्थ राजमार्गको सिद्धवावा सडकखण्डमा सूरुङ बन्ने निश्चित भएको छ ।

गत वर्ष अर्थ मन्त्रालयले बजेट स्वीकृत गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्र लेख्दै वार्षिक बजेटमा १० अर्व १५ करोडको सिमा भित्र रहेर खरिद प्रकृया अगाडि बढाउन भनेको थियो ।

सुरुङमार्गको लागि निरन्तर प्रयत्न गर्दै आउनुभएका अर्थमन्त्री विष्णु पौडेलले सिद्धबाबा सडकमा सुरुङ निर्माण सुरु गर्न ब्रेकथ्रु भएको भन्दै खुसी ब्यक्त गर्नुभएकाे छ ।

“अब सुरुङमार्ग बनाउने कामको मुखमा पुगेका छौं अव अन्तरराष्टिय स्तरका निर्माण ब्यवसायीहरुको सहभागितामा सूरुङ निर्माण कार्य अगाडी बढनेछ ।”उहाँले भन्नुभयो ।

सुरुङमार्ग निर्माण प्रक्रियाका लागि निरन्तर लागिपरेका प्रतिनिधिसभा सदस्य सोम प्रसाद पाण्डेयले टेण्डर आह्वान हुनु पाल्पालीका लागि सुखद समाचार भएको बताउनुभयो । “अव यो प्रक्रिया पछि काम सुरु हुन्छ र छिट्टै यो मार्ग हुँदै यात्रा गर्ने नागरिकहरुले सुरक्षित महसुस गर्न पाउँछन । नेता पाण्डेयले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published.