कोरोना महामारीकाबीच नयाँ खतरा, भारतमा देखियाे संक्रमण

ठमाडौँ । कोरोना महामारीसँग जुधिरहेको विश्व समुदाय यतिबेला विस्तारै लयमा फर्किने प्रयास गर्दैछ । कोरोना भाइरसको खोप प्रभावकारी बनेकाे खबरले नयाँ आशा जगाइरहेका बेला कोरोना भाइरस भन्दा पनि गम्भीर प्रकृतिको नयाँ बिमारीको प्रकोप देखिएको छ । जसले युरोपसहित दक्षिण एसियाली देशलाई थप आक्रान्त पारेको छ ।

बेलायत तथा अमेरिका जस्ता कैयन देशहरुले कोरोना महामारीलाई हराउन भन्दै कोरोना भाइरस (कोभिड-१९) बिरुद्धको खोप लगाउन शुरु गरेका छन् । तर सबैभन्दा पहिले खोप लगाउन थालेको बेलायतमै कोरोना भाइरसको नयाँ प्रकार पत्ता लागेको छ जसले वैज्ञानिकहरुलाई हैरान बनाएको छ ।

यसैबीच भारतमा एक प्रकारको नयाँ फङ्गस (ब्ल्याक फङ्गस) संक्रमणको प्रकोप तीब्र गतिमा फैलिरहेको खुलेको छ जसले कोरोना भाइरसका संक्रमितहरुलाई निशाना बनाएको छ ।

के हो ब्ल्याक फङ्गस ? यसबाट कसरी बच्ने ?

भारतको नयाँ दिल्लीमा पछिल्लो केही समय यता ब्लयाक फङ्गस संक्रमणका बिरामीहरु देखिएका छन् । ब्ल्याक फङ्गसबाट हुने यस्तो संक्रमणलाई म्युकरमाइकोसिस भनिन्छ । चिकित्सकहरुका अनुसार कोरोना भाइरसका कारण यसको संक्रमण तीब्र गतिमा बढिरहेको छ ।

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार भारतमा सबैभन्दा पहिले दिल्लीको केशर गंगाराम अस्पतलमा देखिएको थियो । अहिले अन्य अस्पतालमा रहेका बिरामीहरुमा पनि यसको संक्रमण देखिएको छ । कोरोना भाइरसको संक्रमण भइसकेकाहरुमा यसको असर बढी देखिएको समाचारमा जनाइएको छ ।

सामान्यतः म्युकरमाइकोसिसको संक्रण दुर्लभ मात्रै पाइने बिमारी हो, तर यसको असर गम्भीर प्रकृतिको हुन्छ । दिल्लीकाे सर गंगाराम अस्पतालका अनुसार म्युकरमाइकोसिसका संक्रमित आधा भन्दा बढी बिरामीको आँखाको ज्याति नै गुमेको छ ।

कोरोना भाइस विशेषज्ञ डा पारस गैगावालले गत जुनतिर नै कोरोना संक्रमितहरुमा म्युकरमाइकोसिस प्रकोप देखिएको खबर चीनबाट आएको बताए । ‘कोभिड-१९ का बिरामीमा हुनसक्ने थप इन्फेक्सन रोक्न एन्टिबायोटिक औषधि प्रयोग गर्दा ब्याक्टेरिया फैलन नपाए पनि फङ्गस सजिलै फैलने गरेको छ’ उनले भने, ‘यदि कोही बिरामीमा यसको कुनै लक्षण देखिएको छ भने उनीहरुको बेलैमा उपचार गर्नुपर्छ ।’

डाक्टर गैगावालले आवस्यक सावधानी अपनाउन पनि आग्रह गरेका छन् । ‘म्युकरमाइकोसिस हुनबाट बच्न आवस्यक सावधानी अपनाउनु नै उत्तम हुन्छ । कुनै लक्षण देखिएको भए समयमै उपचार गर्नुपर्छ किनकी यदि कही संक्रमण देखिए त्यो अङ्ग नै निकालेर फाल्नु पर्ने अवस्था पनि आउन सक्छ । जस्तो कि आँखाको नानी नै निकाल्नु पर्ने, हाड झिकेर फाल्नुपर्ने पनि हुन सक्छ ।’ उनले भने ।

दीर्घ कोरोना अर्थात लङ्ग कोभिड

बेलायतमा दुई लाख भन्दा धेरै मानिस दीर्घ कोरोना (लङ्ग कोभिड) रोगका शिकार बनेका छन् । यस बिमारीमा कोरोना संक्रमण भएको तीन महिनापछिसम्म पनि लगातार कुनै न कुनै लक्षण रहिरहन्छ । कतिपयलाई कोरोना ठीक भए पनि यो चिन्ताको विषय बनेको छ । लङ्ग कोभिड बारे अहिलेसम्म न कुनै मेडिकल परिभाषा पत्ता लागेको छ न कुनै थप जानकारी नै त्यसैले कोरोना महामारीकाबीच सारा विश्वभर यसको थप भय बढेको छ ।

लङ्ग कोभिडका बिरामीमा थकान, चक्कर लाग्ने, धड्कन बढ्ने, ढाड तथा जोर्नी दुख्ने समस्या देखिने गरेको छ । यसका साथै सम्झना शक्ति कमजोर हुनुका साथै कुनै पनि चिजमा एकाग्रता नहुने गरेको पाइएको चिकित्सकहरुले बताएका छन् । विज्ञहरुका अनुसार १० जना संक्रमित मध्ये एक जनामा लङ्ग कोभिड खतरा देखिएको छ । कतिपय बिरामीहरुमा भने समयक्रमसँगै आफै निको भएर पनि जाने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *