के हो सिक्किमीकरण भनेकाे ? कसरी भएको थियो सिक्किमीकरण ? Fair EXPLAIN #Inshort

काठमाडौं । सरकारले आइतबार नागरिकतासम्बन्धि अध्यादेश ल्याएर नेपालको संविधान जारी हुनुभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता लिएका व्यक्तिका सन्तानहरुले अब वंशजको नागरिकता पाउने व्यवस्था गरेको छ । सरकार र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच भएको सहमति अनुसार जारी नागरिकता (पहिलो संसोधन) अध्यादेश २०७८ मा बालिग भएका जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था उल्लेख छ ।

यसअघि अन्तरिम संविधान २०६३ जारी हुनुअघिको मितिसम्म कायम रहेका जन्मसिद्धका सन्तानलाई पनि वंशजको नागरिकता दिइएको थियो । नेपालको संविधान जारी हुँदा पनि संविधान जारी भएको मितिसम्म जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तान बालिग भएपछि वंशजको नागरिकता दिने व्यवस्था संविधानमा उल्लेख गरिएको छ ।

संविधानको उक्त व्यवस्थालाई संघीय कानूनमा व्यवस्थित गर्नेगरि जारी भएको अध्यादेशमा भनिएको छ, ‘‘संवत् २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नेपालको नागरिकता प्राप्त गरेका नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर १६ वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्रापत गर्नेछ ।’’

तर सामाजिक सञ्जालमा भने लौ नेपाललाई सिक्कीमीकरण गर्न लागियो भन्ने चर्को बिरोध भइरहेको छ । राजनीतिक दल वा त्यसका आधिकारिक शिर्ष नेताहरुले कतै बिरोध नजनाए पनि फेसबुकमा विभिन्न तर्क वितर्क र टिप्पणीहरु आइरहेका छन् । उनीहरुले राष्ट्रियताको हवाला दिएर सरकारको खरो आलोचना गरिरहेका छन् ।

वास्तवमा सिक्किमीकरण भनेको के हाे ? के साँच्चै नेपाल सिक्किमीकरण हुन लागेकै हो त के हो ? एक स्वतन्तन्त्र राज्य सिक्किम कसरी भारतको एक प्रान्तमा विलय भएको थियो ? आज हामीले छोटकरीमा यहाँ चर्चा गरेका छौँ ।

के हो सिक्किमीकरण ?

खासमा एउटा स्वतन्त्र देश सिक्किमलाई भारतले विभिन्न राजनीतिक टिकडम गरेर आफ्नो देशमा विलय गराएको घटनामा आधारित भएर नेपालमा सिक्किमीकरण भन्ने शब्दावली प्रयोग गरिन्छ । नेपाललाई पनि भारतमा विलय गराउने दाबी गर्दै यसलाई सिक्किमीकरणको मोडल भन्ने गरिएको छ । सिक्किमीकरणको मोडलमा हालै मात्र रुसले युक्रेनको स्वाधिन प्रदेशकोरुपमा रहेको क्रिमियालाई आफ्नो देशमा गाभेको थियो । यो घटनापछि अहिलेको समयमा पनि सिक्किमीकरण सम्भव छ भन्ने पुष्टी भएको छ ।

कसरी भएको थियो सिक्किमीकरण

सिक्किम नेपालसँग सीमाना जोडिएको थोरै जनसंख्या भएको सानो र सुन्दर, स्वतन्त्र देश थियो । भारतका तत्कालीन प्रधानमन्त्री जवारलाल नेहरुले प्रतिपादन गरेको नेहरु डक्ट्रिन पनि भनिने विस्तारवादी सिद्धान्त अनुसार स्वतन्त्र देशमाथि धावा बोलियो तर राजनीतिक रुपमा । भारतले छिमेकी साना स्वतन्त्र देशहरुलाई सताउन थाल्यो । गोहा, सिक्किम, फिजी, भूटान र नेपाललाई आफ्नो देशमा गाभ्ने र त्यहाँ भएका प्राकृतिक श्रोत साधन दोहन गर्ने दिर्घकालीन योजना अनुसार सिक्किम गाभिएको कतिपयको बुझाइ छ । भारतले योजनाबद्ध ढंगबाट सिक्किमीको संसदबाट नागरिकता सम्बन्धी खुकुलो विधेयक पास गराउन सफल भयो ।

आप्रवासीलाई सिक्किमको नागरिकता दिनुपर्छ भन्ने कुरा स्थापित गराएपछि त्यस्तो नागरिकता पाएकाहरुले सिक्किममा विभिन्न आन्दोलन गरेर संसदमा पुगे । सिक्किमको संसदमा ३२ जना मध्ये ३१ जना भारतका मान्छे थिए भने १ जना स्वतन्त्र सिक्किमका पक्षधर । भारतको डिजाइन अनुसार जवर्जस्ती जनमत संग्रह गराएर त्यसलाई संसदबाट अनुमोदन गराइयो र भारतको एजेण्ट लेन्डुप दोर्जेलाई प्रान्तको मुख्य मन्त्री घोषणा गरियो ।

सिक्किम अशान्त भएको लगायतका बहानामा ५ हजार भारतीय शसस्त्र सेना त्यहाँ भित्रियो । स्वतन्त्र सिक्किमको माग गर्नेहरुलाई दवाइयो भने सिक्किमी सेना समेत ठूलो संख्यामा मारिए । अशान्त सिक्किमको बहानामा भारतीय नियन्त्रण बढाउँदै संसदबाट पारित भएको विधेयक र नक्कली जनमत संग्रहको आधारमा नेपालसँग सिमाना जोडिएको हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं राज्य बन्न पुगेको थियो ।

Leave a Reply

Your email address will not be published.