ओलीलाई चक्मा दिँदै भीम रावलले गरे अध्यक्षमा उम्मेदवारी घाेषणा (पूर्णपाठसहित)

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष डा. भीमबहादुर रावलले १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

आइतबार पत्रकार सम्मेलन गरी उपाध्यक्ष रावलले १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । पार्टीलाई विधि, पद्दति र लोकतान्त्रिक तवरबाट सञ्चालन गर्ने रावलले प्रतिबद्धता व्यक्त गरेका छन् ।

उनले राजनीतिक जीवनको आरम्भदेखि नै उठाउँदै आएको पार्टीको विधि, पद्दति, उद्देश्य, लक्ष्य देशभक्तिपूर्ण रहेकव पनि बताएका छन् ।

एमालेको सिर्जना, विकास, विस्तार र प्रगतिमा सबै नेता र कार्यकर्ताले गम्भीर भएर सोच्नुपर्ने बेला आएको पनि उनले आह्वान गरेका छन् ।

रावलले पार्टीभित्र देखिएको गुटबन्दी अन्त्य गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताएका छन् । उनले पार्टीमा हाल आफूले सोचेअनुसार काम नभए पनि निराश र हतोत्साहित नभएको बताएका छन् ।

एमालेको महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

Leave a Reply

Your email address will not be published.