नेपाल २१ बलमै विजयी, कुवेतकाे लज्जास्पद हार

काठमाडाैं । आईसीसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा नेपालले बिहीबार कुवेतसँग भएको खेलमा प्रभावशाली जित हासिल गरेको छ।

दुबइमा भएको तेस्रो खेलमा नेपाल २१ बलमै विजयी भएको हो। कुवेतले दिएको २८ रनको लक्ष्य ३.३ ओभरमा एक विकेट गुमाएर पूरा गरेको छ।

नेपालका लागि इन्दु बर्माले १३ र रुविना क्षेत्रीले १२ रन बनाइन्। कुवेतका लागि मरिया जस्बीले एक विकेट लिइन्।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेतले १५.४ ओभरमा सबै विकेट गुमाएर २७ रन बनाएको थियो। कुवेतका लागि प्रियदा मुरलीले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

कुवेतका सात खेलाडी शून्यमा आउट भए।

नेपालका लागि संगीता राईले कसिलो बलिङ गरिन्। उनले २.४ ओभरमा दुई रन दिएर तीन विकेट लिइन्। त्यस्तै, रुविना क्षेत्र र करुणा भण्डारीले दुई–दुई तथा सरस्वती चौधरीले एक विकेट लिइन्।

यो जितसँगै नेपाल अंक तालिकाको शीर्षस्थानमा पुगेको छ। नेपालले चार अंक जोडेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *