महाधिवेशनका लागि अध्यक्ष ओली चितवनमा

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चितवन पुगेका छन् ।

शुक्रबारदेखि हुन गइरहेको पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका लागि अध्यक्ष ओली आजै चितवन पुगेका हुन् ।

महाधिवेशनको शुक्रबार साढे १२ बजे भव्य उद्घाटन हुँदैछ । उनले आज सौराहास्थित बुद्धिजीविहरुसँग अन्तरक्रिया गर्ने पनि बताइएको छ ।

त्यस्तै, ओलीले महाधिवेशनस्थल, बन्दसत्रहललगायतको अवलोकन समेत गर्ने कार्यक्रम बनाइएको छ । महाधिवेशनका लागि देशभरबाट नेता कार्यकर्ताहरु चितवन जान थालेका छन् ।

महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म हुनेछ ।

याे पनि पढ्नुस् 

एमालेको महाधिवेशन सुरक्षामा १५ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने

चितवनमा भोलिदेखि शुरू हुने नेकपा एमालेको १०औँ महाधिवेशनको सुरक्षामा १ हजार ५०० जना भन्दा बढी सुरक्षाकर्मी खटिने भएका छन् ।

एक एआईजी र दुई डीआईजीको कमाण्डमा महाधिवेशनको सुरक्षाको व्यवस्था मिलाइने भएको हो । जस अनुसार एआईजी सहकुल थापा,

डीआईजी प्रकाश जङ्ग कार्की र दिवेश लोहनीको कमाण्डमा महाधिवेशनको सुरक्षा व्यवस्था मिलाइने भएको छ ।

चितवनका प्रहरी प्रमुख ओम अधिकारीका अनुसार उनीहरू आज नै चितवन आउने बताइएको छ । डीआईजी लोहनीले गण्डकी प्रदेश अन्तर्गत गैँडाकोट क्षेत्रको सुरक्षा कमाण्ड सम्हाल्ने जनाइएको छ ।

महाधिवेशन लक्षित सुरक्षा योजना निर्माण भएको भन्दै अधिकारीले तयारी पूरा भएको फिल्डमा खटिन मात्र बाँकी रहेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *