खोप खरिद गर्न रम्भा गाउँपालिका पाल्पाले माग्यो संघीय सरकारसँग स्वीकृती

सुनिल कार्की
पाल्पा । मुलुक यति खेर कोरोनाको उच्च जोखिममा रहेको छ । कोरोनाको बढ्दो संक्रमणले जनता त्रासमा छन् । लाखौं संक्रमित छन् त हजारौंले कोरोनाकै कारण ज्यान गुमाएका छन् । पछिल्लो समय कोरोना विरुद्धको लडाईको एक मात्र अस्त्र खोप नै मानिएको छ । कमसेकम खोप मात्र लगाउन पाएको खण्डमा कोरोना संक्रमणको जोखिम कम हुने अवस्था छ ।

राज्यले सबै नागरिकलाई कोरोना विरुद्धको खोज दिन नसकेको अवस्थामा मुलक संघीय संरचनामा गएपछि बनेको स्थानीय सरकार रम्भा गाउँपालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग कोरोना विरुद्धको खोप खरिदको लागि स्वीकृती माग गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई समेत सम्बोधन गर्दै आफ्ना रम्भाबासीको जीवनरक्षाको लागि र कोभिड विरुद्धको लडाईलाई जित्न आवश्यक पर्ने खोप खरिदको अनुमति माग गरेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताउनुभयो ।

राज्यको पुरै संयन्त्र लाग्दा समेत खोप खरिद गर्न सकेको छैन स्थानीय सरकार रम्भागाउँपालिको कसरी खोप खरिद गर्छ भन्ने हाम्रो प्रश्नमा अध्यक्ष भण्डारीले भन्नुभयो, “बिकास निर्माण रोकेर भएपनि जनताको ज्यान बचाउन लागि परेका छौं । खोप खरिदका लागि भारतमा हाम्रो छुट्टै कुटनीति रहेकाले खोप खरिदको अनुमति पाए जसरी पनि खोप ल्याउँछौं स्थानीय सरकार पनि एउटा सरकार नै हो हामीलाई विश्वास गर्नुस” ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयसँग कोभिड भ्याक्सिन खरिदको लागि अनुमती माग भएसंगै सकारात्मक आशा पनि गर्दछौं । यो बिचमा यहाँहरुले स्वास्थ्यका मापदण्ड र उच्च सतर्कता अपनाउन पनि हार्दिक अपिल गर्दछौं गाउँपालिका अध्यक्ष भण्डारीले भन्नुभएको छ ।

सम्रग रम्भाबासीलाई कोभिड विरुद्धको लडाईमा जिताएर कोभिड रहित गाउँपालिका बनाउने लक्ष्यका साथ पालिका जुटेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयलाई पठाइएको पत्रमा करिब २० हजार खोप आवश्यक रहेको भन्दै खोप खरिदमा सरकारले तोकेको प्रोटकल र गाइड लाइन भित्र रहेर खोप खरिद गर्न गाउँपालिका तयार रहेको प्रमुख प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद ढकालले बताउनुभयो ।

गाउँपालिका स्वास्थ्य मन्त्रालयसँग खोप खरिदका लागि सहयोग अपेक्षा समेत लिएको बताएको छ ।०००

Leave a Reply

Your email address will not be published.