उडिरहेको हवाइजहाजमा मोबाइल फोन किन बन्द गर्नुपर्छ ? ‘फ्लाइट माेड’ किन महत्त्वपूर्ण छ, जान्नुहोस्

एजेन्सी । फ्लाइटमा बस्ने बित्तिकै तपाईले एउटा विशेष घोषणा सुन्नुहुन्छ, जसमा तपाईलाई आफ्नो मोबाइल प्रयोग नगर्न भनिएको हुन्छ,

अथवा यसलाई स्विच अफ गर्न सल्लाह दिइन्छ र त्यसपछि हामीले नचाहेर हाम्रो मोबाइल कि त स्विच अफ गर्नुपर्छ वा राख्नु पर्छ, फ्फाइट मोडमा ।

तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि हवाईजहाजमा यस प्रकारको घोषणा किन गरिन्छ, आखिर किन हाम्रो मोबाइल अन वा अफ हुँदा हवाईजहाजका कर्मचारीहरूलाई समस्या हुन्छ ?

यदि तपाईंले यस्तो कुरा कहिल्यै सोच्नुभएको छैन भने, आज हामी तपाईंलाई यो लुकेको कुराको बारेमा बताइरहेका छौं ।

वास्तवमा, हवाइजहाजको पाइलटलाई आवश्यक जानकारीको आदानप्रदानको लागि सधैं “एयर ट्राफिक कन्ट्रोलर“ अर्थात् आकाशीय ट्राफिक नियन्त्रण गर्ने केन्द्रसँग जडान हुनुपर्दछ, त्यहाँबाट पाइलटले धेरै प्रकारका महत्त्वपूर्ण जानकारी र दिशाको सही ज्ञान प्राप्त गर्दछ ।

तर, त्यसबेला मोबाइल प्रयोग गरिरहनुभएको छ भने पाइलटसम्म पुग्ने ती महत्त्वपूणर् सूचनाको तरंगमा बाधा पुग्छ, जसका कारण पाइलटले ठीकसँग जानकारी पाउँदैनन् र खतरा उत्पन्न हुने सम्भावना बढ्छ ।

यसका कारण अहिलेसम्म कुनै दुर्घटना नभए पनि यसबाट निस्कने आवाजका कारण पाइलटलाई मानसिक रूपमा विचलित हुने भएकाले अब विमानमा जाँदा वा यात्रा गर्दा सभ्यताका साथ मोबाइल पनि फ्लाइट माेडमा राख्नुहाेला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *