रानीमहल जाने बाटाे वैकल्पिक नयाँ पर्यटकीय मार्ग बन्दै

‌पाल्पा । जिल्लाकाे प्रसिद्ध रानीमहल जाने बाटाे वैकल्पिक पर्यटकीय मार्ग बन्ने भएकाे छ । वैकल्पिक मार्गको रूपमा प्रयोग हुँदै आएको गाइघाट कल्लाबारी टाँकीचौर कालीगण्डकी करिडोर हुँदै रानीमहलसम्म पुग्न सकिने यो बाटो अब पर्यटकीय मार्गको रूपमा विकास हुने भएको हाे । यो बाटो अन्तर्गत गाइघाट खोलामा पक्की पुल निर्माणको काम समेत अघि बढेको छ । यस्का लागि टेन्डर समेत आवान गरिएको छ ।

सडक पुर्वाधार विकास कार्यलय पाल्पाका इन्जिनियर अरुण कुमार गुप्ता को भनाइ अनुसार मु.अ. कर र अन्य खर्च सहित करिब दुई करोड पचास लाख को लागतमा पुल निर्माण हुने भएको छ । यो पुल एक वर्ष भित्र बनाइसक्नु पर्ने छ । पुल निर्माणपछि बर्षामा आवतजावत सहज हुने र पर्यटन विकासलाई समेत टेवा पुग्ने अपेक्षा गरिएकाे छ ।

यो बाटो हुँदै रानीमहल र कालीगण्डकी नदिको आनन्दमय दृश्य अवलोकन गर्दै जान सकिने र यस क्षेत्रमा रानीमहल भ्यूपोइन्ट निर्माणको कुरासमेत अगाडि बढाइएको  वीर बहादुर रानाले जानकारी दिनु भयो ।

पुल निर्माणपछि यस क्षेत्रलाई पर्यटकीय नगरी बनाउने अध्ययन भैरहेको समेत रानाले भबताउनुभयाे ।  यो वर्ष पुल निर्माण गिरिने र अर्को वर्ष बाटोको स्तरउन्नतिका लागि पहल गर्ने र पर्यटकलाई आकर्षक पार्न बाटो भरी विभिन्न जातका फुल फुल्ने बोटविरूवाहरु लगाउने, मगर सस्कृती झल्किने होमस्टे संचालन गराउने र पर्यटकीय नगरिको रुमा विकास गर्ने अध्यन गर्दै काम अगाडी बढाएको रानाले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published.