प्रसाद खप्तरी मगरको नयाँ गीत ‘हितैको मायाँलाई’मा प्रकाश र जुना (भिडियो)

काठमाडौं । मौलिक लोक तथा दोहोरी गायक प्रसाद खप्तरी मगरको नयाँ गीत ‘हितैको मायाँलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार गायक खप्तरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

गीतमा गायक खप्तरीसँगै सञ्जु थापा मगरको स्वर रहेको छ भने, जुना श्रीस मगर, जमुना सनम, विमल परियार र राजु सनमले सामुहिक गायनमा साथ दिएका छन् । गीतको शब्द तथा लय गायक खप्तरी आफैको रहेको छ ।

म्युजिक भिडियोमा बहु चर्चित लोक तथा दोहोरी गायक प्रकाश सपुत र जुना सुन्दासले अभिनय गरेका छन् ।

प्रविन भट्टले सम्पादन तथा आकाश रेग्मीले छायाङ्कन गरेको भिडियोको निर्देशन मौसम हिमालीले गरेका हुन् । भिडियो निर्माण बीपी फिल्मसले गरेको हो ।

खास गरी पश्चिम नेपालमा प्रचलित मौलिक गीतमा निकै प्रभाव जमाउन सफल गायक खप्तरीले यस गीतमा सरल शब्दमा ग्रामीण क्षेत्रमा प्रचलित चलनलाई दर्शाउने प्रयास गरेका छन् ।

स्थानीय परिवेश र ‘रुपान्तरित झाम्रे’ मार्फत युवाहरुले सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरिरहेको प्रयासलाई गीत मार्फत देखाउन खोजिएको छ ।

गयक खप्तरीको मगर संस्कृतिमा आधारित मौलिक सोरठी, सालैजो, ठाडोभाका गीतहरु चर्चित छन् ।

भिडियो र्हेर्नुस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *