एमाले सचिवमा गोकर्णले पाए लोकप्रिय मत, हेर्नुस् कसले कति मत पायाे ?

चितवन । नेकपा एमालेको सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र प्दमाले समान ८०० मत पाएका छन्

लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् ।

कसले कति मत पाए

गोकर्ण विष्ट-१९७६
योगेश भट्टराई- १९६४
पद्मा अर्याल- १८००
छबिलाल विश्वकर्मा-१८००
लेखराज भट्ट-१७०४
टोपबहादुर रायामाझी-१७००
रघुबीर महासेठ-१५१३
भीम प्रसाद आचार्य-१३००
टंकप्रसाद कार्की-५००

यसअघि उपाध्यक्ष पदमा अष्टलक्ष्मी शाक्यले सर्वाधिक मत पाएर विजयी भएकी छन्। उनले १९७६ मत पाएकी हुन्। यस्तै सुरेन्द्र पाण्डे १९२५, सुवास नेम्बाङ १८६५, विष्णु पौडेल १८५६,

युवराज ज्ञवाली १८४२, रामबहादुर थापा बादल १७६८, घनश्याम भुसाल ७२५ मत पाएका छन्। यो सँगै केपी ओलीको सर्वसम्मत सूचीविरूद्ध उपाध्यक्षमा उम्मेद्वारी दिएका घनश्याम भुसाल पराजित भएका छन्।

यसअघि अध्यक्षमा केपी ओलीले फराकिलो अत अन्तरमा भीम रावललाई हराएका छन्।

ओलीले १८०८ सय मत ल्याएका छन् भने भीम रावलले २२३ सय मत पाएका छन्। अन्तिम मत परिणामको घोषणा हुन भने बाँकी छ।

चितवनको सौराहास्थित होटल सेभेन स्टारमा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन्।

मतदानबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदाधिकारी चुनिने छन् भने सर्वसम्मत हुन नसकेका खुलासहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पनि चुनावबाट टुंगिनेछन्।‍

Leave a Reply

Your email address will not be published. Required fields are marked *