माओवादी राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिले पैसा तिर्नुपर्ने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले विधान परिमार्जन गर्नका लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको छ ।

शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले विधान परिमार्जन गर्नको लागि ५ सदस्यीय उपसमिति बनाउने निर्णय गरेको हो ।

विधान परिमार्जन उपसमितिमा देव गुरूङ, पम्फा भुसाल, लिलामणि पोखरेल, जनार्दन शर्मा र मात्रिका यादव रहेको र उक्त उपसमितिले आउँदो मंसिर २५ गतेसम्म विधान परिमार्जन गरिसक्ने पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए ।

प्रवक्ता महाराले राष्ट्रिय सम्मेलनमा आउने प्रत्येक सदस्यहरूको प्रवेश शुल्क दुई हजार रुपैयाँ तोकेको पनि जानकारी दिए ।

याे पनि पढ्नुस्

पदबहाली गर्दै अध्यक्ष ओलीले भने– हामी संसद चल्न दिँदैनौं

नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गते बोलाइएको संसद अधिवेशन पनि चल्न नदिने बताएका छन् ।

आज शुक्रबार पार्टी कार्यालयमा पदवहाली गर्दै अध्यक्ष ओलीले आफूहरूले वैधानिक ढंगले निष्कासन गरेका सांसदलाई राखेर बोलाइएको अधिवेशन चल्न नदिने संकेत गरेका हुन् ।

यद्यपि उनले संसद अधिवेशनबारे सरकारी पक्षको प्रस्तुतिलाई पनि निगरानी गरिरहेको बताएका छन् । ‘हामीले निष्कासन गरेका व्यक्तिहरू संसदमा राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैर सांसदलाई सभामा बस्न दिँदैन,’ ओलीले भने ।

तत्कालिन नेकपा एमालेमा रहेका माधवकुमार नेपालसहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले बेलैमा सुनुवाइ नगरी पद कायम गरिदिएको भनी एमाले सभामुखसँग रुष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *