८ हजार ६३६ संक्रमित थपिए, ६ हजार ४०४ संक्रमणमुक्त 

काठमाडौं । नेपालमा कोरोनाभाइरसका आठ हजार ३८७ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा २२ हजार ३०६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित पाँच लाख २८ हजार ८४८ पुगेको जनाएको छ । पछिल्लो चौबीस घण्टामा छ हजार ४०४ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म चार लाख चार हजार ८८७ जना कोरोनामुक्त भइसकेका छन् ।

हाल एक लाख १७ हजार २६१ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । कोरोनाबाट निको हुने दर ७६.६ प्रतिशत छ । हालसम्म २९ लाख ५८ हजार ६२० नमूना परीक्षण गरिएको छ ।

मन्त्रालयले चौबीस घण्टामा १६९ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । नेपालमा हालसम्म कोरोना सङ्क्रमणबाट छ हजार ७०० जनाको मृत्यु भएको छ ।

हाल ७१४ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *