ह्वात्तै बढ्याे सुन चाँदीकाे भाउ, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं । बुधबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुन तोलामा ५०० रुपैयाँले उकालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ पुगेको छ । यस्तै तेजाबी सुन पनि बढेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबार दिन सुन तोलामा २०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

बुधबार सुनसँगै चाँदीको भाउ पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला एक हजार २०० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार भने चाँदीको भाउ ओरालो लागेर प्रतितोला एक हजार १९० रुपैयाँ तोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *