साना व्यवसायीलाई पनि समेटेर निर्माण व्यवसायी अघि बढोस् : मन्त्री झाँक्री

काठमाडौं । सहरी विकासमन्त्री  ले साना व्यवसायीलाई पनि समेटेर अघि बढ्न नेपाल निर्माण व्यवसायी महासंघलाई सुझाव दिनुभएको छ ।

१४ औँ निर्माण दिवस २०७८ को प्रभातफेरि कार्यक्रममा सहभागी हुँदै मन्त्री झाँक्रीले साना व्यवसायीलाई पनि अवशर दिएर अघि बढाउनुपर्ने बताउनुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री झाँक्रीले भन्नुभयो, साना व्यवसायीलाई व्यवसायमा समस्या भए मर्ज गरेर अघि बढ्नुस्, त्यसो भए व्यवसाय गर्न सजिलो हुन्छ ।

कार्यक्रमको दशरथ रंगशालाबाट उद्घाटन भएर निर्माण व्यवसायीको कार्यालयमा आएर रक्तदान समेत आयोजना गरिएको थियो ।

साथै व्यवसायीले आफ्नो क्षेत्रका समस्या सम्बोधन गर्न सरकारसँग आग्रह समेत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *