कांग्रेस केन्द्रीय कार्यालय र महाधिवेशनस्थल वरिपरी प्रचार सामग्री राख्न निषेध

काठमाडाैं । नेपाली कांग्रेसको १४औं महाधिवेशनस्थल र पार्टी केन्द्रीय कार्यालय वरिपरी पाँच सय मिटर आसपास प्रचार सामग्री राख्न रोक लगाएको छ।

केन्द्रीय निर्वाचन समितिद्वारा बुधबार जारी आचार संहितामा सानेपास्थित केन्द्रीय कार्यालय र राष्ट्रिय सभा गृह तथा भृकुटी मण्डप वरपर प्रचार सामग्री राख्न निषेध गरिएको उल्लेख छ।

उम्मेदवारहरूले भिजिटीङ कार्ड र सामान्य अपील भने वितरण गर्न पाइने निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए।

घिमिरले मतदानस्थलमा मोवाइल फोन लैजान नपाउने बताए ।

२५ मंसीरमा उम्मेदवारी दर्ता र २७ मंसीर विहान ८ बजेदेखि मतदान शुरु हुने निर्वाचन समितिले जनाएको छ।

याे पनि पढ्नुस् 

कांग्रेस महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक

नेपाली कांग्रेसले शुक्रबारदेखि सुरु हुने १४औँ महाविधेशनका लागि महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका यी महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय नेतृत्व चयन गर्छन् ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत सार्वजनिक गरेको यस नामावलीमा चार हजार ३१९ जना महाधिवेशन प्रतिनिधिको नाम राखिएको छ । यसमा क्रियाशील सदस्यता नम्बर, समावेशी क्लष्टर र सम्पर्क नम्बर पनि उल्लेख गरिएको छ ।

उक्त नामावलीमा पार्टीका भातृ संस्थाका ६०, शुभेच्छुक संस्थाका ६७ र विदेशस्थित पार्टीका जनसम्पर्क समितिका करिब १५० जना महाधिवेशन प्रतिनिधिको नाम भने थप हुन बाँकी रहेको समिति सचिव जगन्नाथ श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

यसैगरी सर्लाहीका चार सङ्घीय निर्वाचन क्षेत्र र महोत्तरीको एक सङ्घीय निर्वाचन क्षेत्रका १३० जना महाधिवेशन प्रतिनिधिको नाम आज साँझसम्म आइपुग्ने उहाँले बताउनुभयो ।

यस महाविधेशनमा जम्मा चार हजार ७०० भन्दा केही बढी सङ्ख्यामा महाधिवेशन प्रतिनिधि हुने समितिले जनाएको छ । महाधिवेशन प्रतिनिधिको आधिकारिक सूची भने समितिले निर्धारण गरेको निर्वाचन कार्यतालिका बमोजिम आगामी शुक्रबार प्रकाशन गरिनेछ ।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले पार्टीको वेभसाइटमार्फत् सार्वजनिक गरेको महाधिवेशन प्रतिनिधिहरुको प्रारम्भिक नामावली तलको लिङ्कमा गएर हेर्न सकिन्छ ।
file:///C:/Users/rss9/Downloads/NC-name%20(1).pdf

Leave a Reply

Your email address will not be published. Required fields are marked *